close

मेसेन्जरमा दैनिक शेयर हुन्छन् १ अर्ब ३० करोड बढी फोटो र भिडिओ

टेकपाना टेकपाना

मंसिर २५, २०८० ११:४७

मेसेन्जरमा दैनिक शेयर हुन्छन् १ अर्ब ३० करोड बढी फोटो र भिडिओ

काठमाडौं । मेटाका अनुसार फेसबुक मेसेन्जरमा दैनिक एक अर्ब ३० करोड बढी फोटो तथा भिडिओ आदान प्रदान हुन्छन् । कम्पनीले मेसेन्जरमा आएका नयाँ फिचरको चर्चा गर्दै यो तथ्य सार्वजनिक गरेको हो । 

दैनिक करोडौं फोटो तथा भिडिओ शेयर हुने यो प्लेटफर्मलाई कम्पनीले स्तरीय बनाउन नयाँ लेआउट सुरु गरेको छ । यसको अर्थ यसअघि सबै एकैपटक पठाइएका फोटो तथा भिडिओ छुट्टाछुट्टै देखिन्थे भने अब एकै पटक पठाइएका धेरै फोटो एउटा कोलाजका रूपमा देखिन्छन् । 

यससँगै प्रयोगकर्ताले अब छुट्टाछुट्टै फोटोमा छुट्टाछुट्टै रियाक्ट गर्न सक्नेछन् । इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर सुरु हुनुअघि पठाइका कुनै पनि मेसेजमा रियाक्ट गर्न मिल्दैन ।

यसैबीच कम्पनीले हाल सीमित प्रयोगकर्तामाझ मेसेन्जरबाट एचडी मिडिया फाइल पठाउनसक्ने फिचर पनि सुरु गरेको छ । कम्पनीका अनुसार सबै प्रयोगकर्ताका लागि यो फिचर आगामी महिना उपलब्ध हुनेछ । 

 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८० ११:४८