close

११ ठाउँमा बीवाईडीको डीसी फास्ट चार्जर जडान

टेकपाना टेकपाना

मंसिर २६, २०८० १३:१२

११ ठाउँमा बीवाईडीको डीसी फास्ट चार्जर जडान

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक सिमेक्स इंकले देशका विभिन्न ठाउँमा डीसी फास्ट चार्जर जडान गरेको छ । चार्जिङ स्टेसनको बढ्दो मागलाई सम्बोधन गर्दै देशका ११ ओटा मुख्य सहरमा सिमेक्सले फास्ट चार्जर विस्तार गरेको हो ।

यसअन्तर्गत पोखरा, नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा डीसी फास्ट चार्जर  राखिएको छ । मुलकोटमा जडित चार्जरले ६० किलोवाट र अन्य ठाउँमा जडित चार्जरले ३० किलोवाटको आउटपुट दिने कम्पनीले जनाएको छ ।

बीवाईडीको एटो थ्रीमा ८८ किलोवाट र बीवाईडी डल्फिनमा ६० किलोवाटसम्मको फास्ट चार्जिङ प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यसो हुँदा यी चार्जिङ स्टेसनबाट गाडीलाई ३० देखि  ४५ मिनेटमा ८० प्रतिशतसम्म ‍‍चार्ज गर्न सकिने बताइएको छ ।

साथै चाँडै नै थप १८ ओटा डीसी फास्ट चार्जर सञ्चालनमा ल्याउने कम्पनीकाे याेजना छ । चर्जिङ स्टेसन उपलब्ध स्थान थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १३:१२