close

पोखरामा अनुमति बिना ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ

टेकपाना टेकपाना

पुस ११, २०८० १८:१२

पोखरामा अनुमति बिना ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ

पोखरा । अनुमतिबिना ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय चेन देङ सेङलाई पक्राउ गरेको हो ।

बुधवार बिहान पौने ८ बजेतिर कास्की पोखरा महानगरपालिका वडा नं. १ टुँडिखेल मैदानमा बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको भन्ने सूचना आएपछि खटिएकाे प्रहरी टोलीले सेङलाई भिडिओ बनाइरहेको अवस्थामा ड्रोनसहित नियन्त्रणमा लिएको जिप्रका कास्कीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनीमाथि अनुसन्धान तथा कारबाहीका लागि नेपाल नागरिक उड्यन प्राधिकरण पोखरा पठाइएको छ । 

पछिल्लो अध्यावधिक: पुस ११, २०८० १८:१२