close

फुडमाण्डुको नयाँ वर्ष अफर, फुड अर्डरमा ३० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

पुस १४, २०८० १०:२०

फुडमाण्डुको नयाँ वर्ष अफर, फुड अर्डरमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले अङ्ग्रेजी नयाँ वर्ष २०२४ लाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ। यस अफर अन्तर्गत काठमाडौँका ४० भन्दा बढी रेस्टुरेन्टहरूको पूरै मेनुमा ३० प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै ग्राहकले हरेक दिन फरक-फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् । उक्त कोड फुडमान्डुको एप र फुडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।

माघ १७ गतेसम्म लागू हुने यस अफरबाट लाभ लिन फुडमान्डुको वेबसाइट वा फुडमान्डुको एपमार्फत फुड अर्डर गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८० १०:२०