close

पटक पटक नयाँ जिमेल नबनाई आफ्नो एउटै अकाउन्टबाट यसरी बनाउनुहोस् अनगिन्ती एड्रेस

टेकपाना टेकपाना

माघ १५, २०८० १६:५२

पटक पटक नयाँ जिमेल नबनाई आफ्नो एउटै अकाउन्टबाट यसरी बनाउनुहोस् अनगिन्ती एड्रेस

काठमाडौं । तपाईं नेटफ्लिक्सदेखि स्पामरसम्मलाई मूर्ख बनाउन आफ्नो एउटै जिमेल अकाउन्टबाट अनेकौं एड्रेस निकाल्न सक्नु हुन्छ, जुन आवश्यकता अनुसार जता पनि प्रयोग गर्न सक्नु हुन्छ ।

यसका लागि तपाईंले दुई ओटा विधि पाउन सक्नु हुन्छ । पहिलोमा तपाईंले आफ्नो एउटा जिमेल एड्रेसलाई अनगिन्ती एड्रेसमा परिवर्तन गर्न सक्नु हुन्छ, त्यसैले यसलाई "प्लस एड्रेसिङ" समेत भन्ने गरिन्छ । यसरी प्लस एड्रेसिङको फाइदा लिन तपाईंले साधारण तवरमा @ अगाडि र नामको पछिल्तिर प्लस (+) टाइप गरी आफूले चाहेको चिज राख्न सक्नु हुन्छ ।

उदाहरणको लागि यदि मेरो जिमेल एड्रेस [email protected] छ भने मैले [email protected] टाइप गर्न सक्छु । यसो गर्दा तपाईंले प्रयोग गरेको कुनै नयाँ साइट वा सेवाले यसलाई समग्र रूपमा नयाँ एड्रेस ठान्छ ।

तर उक्त एड्रेसको कुनै पनि ईमेल भने तपाईंको उही इनबक्समा आउँछ । यो तरिकाले जुनसुकै जिमेलमा पनि काम गर्छ, यतिसम्म कि जिमेल डटकम डोमेन नभए पनि काम गर्छ ।

एकातिर यो तरिकाले तपाईंलाई स्पाम ईमेल कहाँबाट आइरहेका छन् भन्ने कुरा यकिन गर्न सजिलो हुन्छ । यसरी तपाईं कुनै पनि वेबसाइट वा सेवामा साइन अप गर्दा उपयुक्त प्लस एड्रेस राख्ने बानी बसाल्न सक्नु हुन्छ ।

उदाहरणका लागि म यहाँनिर फेसबुक साइनअप गर्दा [email protected], नेटफ्लिक्सका लागि [email protected] प्रयोग गर्न सक्छु । यस्तोमा मैले मेरो इनबक्समा रहेको स्पाम मेसेज चेक गर्दा [email protected] बाट आएको देखियो भने फेसबुकले स्पाम मेसेज पठाउनेलाई मेरो ईमेल एड्रेस लिक गरेको रहेछ भन्ने कुरा थाहा हुन्छ । यसका साथै म [email protected] एड्रेस अर्को सेवाका लागि प्रयोग गर्दिनँ ।

अर्को कुरा यो निःशुल्क रूपमा अस्थायी ईमेल एड्रेस सिर्जना गर्ने गतिलो उपाय पनि हो । कुनै सिरिज ट्रायलको रूपमा निःशुल्क हेर्नका लागि प्रत्येक पटक नयाँ नयाँ जिमेल अकाउन्ट खोलिराख्नु पर्ने झन्झट पनि यसमा हुँदैन । केवल आफ्नो भइरहेकै जिमेल अकाउन्टमा नयाँ प्लस एड्रेस राख्नुहोस् र अर्को ट्रायल सुरु गर्नुहोस् ।

[email protected][email protected] जस्तो एड्रेसले पनि राम्रोसँग काम गर्छ । यस बाहेक [email protected], [email protected], [email protected] जस्ता कुनै पनि आफूले चाहेको संयोजन पनि मिलाउन सक्नु हुन्छ ।

यद्यपि कुनै कारणले कतै यस्तो प्लस एड्रेसलाई एसेप्ट नगरेको खण्डमा जिमेलको अर्को ट्रिक पनि छ । यहाँनिर तपाईंले "gmail" को भागमा "googlemail" मा परिवर्तन गर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि [email protected] को साटो [email protected] प्रयोग गर्नुपर्ने हुन सक्छ । प्लस एड्रेसमा जस्तै googlemail को ट्रिकले तपाईंले प्रयोग गर्न चाहेको कुनै वेबसाइटमा नयाँ राख्ने नयाँ एड्रेस दिन्छ ।

तर यहाँनिर ख्याल राख्नुपर्ने कुरा के छ भने googlemail मा आउने ईमेल समेत तपाईंको नियमित जिमेलकै इनबक्समा आउँछन् ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८० १६:५३