close

टेलिकमको एनिभर्सरी अफरः ३९९ रुपैयाँमा ३० जीबी डेटादेखि ७८९ को आकर्षक कम्बोसम्म

टेकपाना टेकपाना

माघ २२, २०८० ११:३९

टेलिकमको एनिभर्सरी अफरः ३९९ रुपैयाँमा ३० जीबी डेटादेखि ७८९ को आकर्षक कम्बोसम्म

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आकर्षक एनिभर्सरी अफर सार्वजनिक गरेको छ । कम्पनी २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको अवसरमा यी अफर ल्याइएको हो ।

टेलिकमले एनिभर्सरी कम्बो र एनिभर्सरी अफर गरी दुई प्रकारका अफर सार्वजनिक गरेको छ । एनिभर्सरी कम्बो अफर अन्तर्गत दुई ओटा प्याकेज र एनिभर्सरी अफर अन्तर्गत छ ओटा प्याकेज रहेका छन् ।

एनिभर्सरी कम्बो अन्तर्गत २९९ रुपैयाँमा नौ जीबी डेटासहित १५ दिनका लागि टेलिकमको नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट टाक टाइम, १०० एसएमएस पाउन सकिनेछ । यस बाहेक १९९ रुपैयाँमा सात दिन मान्य अवधि रहेको अर्को कम्बो प्याक समेत उपलब्ध गराइएको छ । जसमा पाँच जीबी डेटा, ५० मिनेट नेटवर्कभित्र कल गर्न सकिने टकटाइम र ५० एसएमएस पाउन सकिन्छ ।

त्यस्तै कम्पनीले एनिभर्सरी अफरको रूपमा अन्य पाँच ओटा प्याकेज समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत ७८९ रुपैयाँमा ३० दिन मान्य अवधि रहेको ३० जीबी डेटा, एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा कुरा गर्न सकिने ६०० मिनेटको टकटाइम र २०० एसएमएस पाउन सकिन्छ ।

त्यस्तै ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी प्याकेज रहेको छ, जसमा पोस्टपेड ग्राहकको रेन्टल चार्ज समेत समावेश  छ।

यसैगरी १२ दिनका लागि २९९ रुपैयाँमा २० जीबी र १९९ रुपैयाँमा सात दिनका लागि १३ जीबी डेटा र पाँच दिनका लागि ६ जीबीको १११ रुपैयाँको डेटा प्याक पाउन सकिन्छ । 

यस बाहेक एक दिनका लागि ४९ रुपैयाँमा एक एमबीपीएस गतिको अनलिमिटेड डेटासँगै नेटवर्क भित्र कुराकानी गर्न सकिने १०० मिनेटको टकटाइसहितको कम्बो प्याक पनि रहेको छ ।

यी प्याकेज कम्पनीले औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको छ । तर मोबाइलमा *1415# डायल गरेर अथवा नेपाल टेलिकम मोबाइल एपबाट खरिद गरेर प्रयोग गर्न सकिने गरी उपलब्ध भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १२:३६