close

हेडफोनका लागि पनि जेमिनाई एप ल्याउँदै गुगल

टेकपाना टेकपाना

फागुन २, २०८० १०:८

हेडफोनका लागि पनि जेमिनाई एप ल्याउँदै गुगल

काठमाडौं । गुगलले आफ्नो बार्ड एआई च्याटबटलाई जेमिनाई नाममा रिब्रान्ड गरिसकेको छ । योसँगै कम्पनीले अमेरिकासहित विभिन्न देशमा जेमिनाई मोबाइल एप उपलब्ध गराएको छ ।

हालै बाहिरिएको एक विवरण अनुसार गुगलले हेडफोनका लागि समेत सपोर्ट हुनेगरी ल्याउन जेमिनाई एप ल्याउन लागेको छ । योसँगै जेमिनाई एप प्रयोगकर्ताले हेडफोनमार्फत गुगल असिस्टेन्टसँग कुरा गर्न सक्नेछन्  ।

हाल स्मार्ट डिस्प्ले, स्पिकर, टिभी, कार तथा वेयर ओएसमा पनि गुगल असिस्टेन्ट उपलब्ध छ । तर यी डिभाइसले जेमिनाई एप सपोर्ट पाउने निश्चित छैन ।

नाइन टु फाइभले गुगल एपको पछिल्लो बेटा भर्सननमा काेडकाे स्ट्रिङ फेला परेकाे छ, जसमा जेमिनाई एप हेडफोनका लागि समेत सपोर्ट गर्ने गरी काम भइरहेको उल्लेख छ । जेमिनाई विस्तारको लागि गुगलले अबको चरणमा एआई आधारित असिस्टेन्टलाई हेडफोन र इयरबडहरूमा ल्याउने बताइएकाे छ । 

पछिल्लो अध्यावधिक: फागुन २, २०८० १०:८