close

ह्विल घुमाएर २० हजारको बेन्को स्मार्टफोन जित्ने मौका !

टेकपाना टेकपाना

फागुन ४, २०८० १८:५३

ह्विल घुमाएर २० हजारको बेन्को स्मार्टफोन जित्ने मौका !

काठमाडौं । स्मार्टफोन ब्रान्ड बेन्कोले आकर्षक उपहार जित्न सकिने ‘स्पिन एन्ड विन’ क्याम्पेन सुरु गरेको छ । बेन्को नेपालले उपभाेक्तालाई लक्षित गर्दै यस्तो उपहार योजना घोषणा गरेको हो । 

यस योजनामा अन्य कुनै मोबाइल ब्रान्डका फोन प्रयोग गर्ने प्रयोगकर्ता पनि सहभागी हुन सक्नेछन् । त्यसका लागि सबैभन्दा यहाँ क्लिक गरेर वा तल दिइएको क्यूआर कोड स्क्यान गरेर बेन्कोको आधिकारिक साइटमा जानुहोस् । यसपछि स्क्रिनमा एउटा ह्विल देख्नहुनेछ ।

‍ह्विलको बीचमा रहेको स्पिनमा ट्याप गर्नुहोस् । त्यसपछि स्क्रिनमा नयाँ पेज खुल्छ । त्यहाँ आफ्नो पूरा नाम र मोबाइल नम्बर राखी तल टर्म्स एन्ड कन्डिसन (terms and condition) मा एग्री (agree) गर्ने लेखिएको बक्समा टिक गर्नुहोस्, अनि स्पिन एन्ड ह्विलमा क्लिक गर्नुहोस् । 

ह्विल स्पिन भएर जहाँ गएर ह्विलको एर्रो रोकिन्छ, तपाईंले सोही उपहार पाउनुहुनेछ । यस क्याम्पेनमा तपाईंले बेन्कोको टि-शर्ट र ब्याग पाउन सक्नुहुन्छ । कम्पनीका अनुसार यो क्याम्पेनमा क्याशब्याक भौचर पनि राखिएको छ ।

ह्विल घुमाउँदा ५०० रुपैयाँ वा एक हजार रुपैयाँको अप्सनमा पर्छ बेन्को मोबाइल खरिद गर्दा त्यति नै छुट पाउन सकिन्छ । त्यस्तै स्पिन एन्ड विनमा तपाईंले बेन्कोको मोबाइल खरिद गर्दा पाउने वारेन्टीमा थप तीन महिनाको वारेन्टी पाउनुहुनेछ ।

साथै बम्पर उपहारको रुपमा बेन्को स्मार्टफोनको ब्रान्ड एम्बासडर अभिनेत्री प्रियङ्का कार्कीको हस्ताक्षर भएको तस्वीरसँगै बेन्को एस वन प्रो स्मार्टफोन जित्न सक्नुहुनेछ ।  

कसरी पाउन सकिन्छ उपहार ?

स्पिन एन्ड विन मार्फत तपाईंले जितेको उपहार पाउन बेन्कोको ८ जीबी र्‍याम भेरियन्टको मोबाइल खरिद गर्नुपर्ने हुन्छ । यस अन्तर्गत तपाईंले एक हप्तामा बेन्कोको बेन्को भी९१, बेन्को एसवन अथवा बेन्को एस वन प्रो खरिद गर्न सक्नुहुन्छ ।

बजारमा बेन्को भी९१ को मूल्य १५ हजार ३९९ छ भने बेन्को एस वनको मूल्य १५ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै बेन्को १९ हजार ९९९ रुपैयाँमा बेन्को एसवन प्रो खरिद गर्न सक्नुहुनेछ । जितेको उपहार पाउन एक हप्ताभित्र यी तीनमध्ये कुनै एउटा स्मार्टफोन खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । 

स्मार्टफोन खरिद गरिसकेपछि आफ्नो पुरस्कार दाबी गर्न पहिलेकै क्यूआरमा स्क्यान गरेर वा यहाँ क्लिक गरेर आफूले ह्विल स्पिन गर्न राखेको नम्बर टाइप गर्नुहोस् । यति गरेपछि तपाईँको स्क्रिनमा तपाईंको विवरण र तपाईंले पाएको उपहारको विवरण देख्न सक्नुहुन्छ ।

यसपछि त्यहाँ मागिएको विवरण जस्तै तपाईँले खरिद गर्नु भएको मोबाइलको आईएमईआई, रिटेलरको नाम, फोन नम्बर, खरिद गरेको स्थान लगायत विवरण भरेर सेभ गर्नुपर्ने हुन्छ । यसका आधारमा तपाईंले पाउनु भएको उपहार कम्पनीले तपाईंकै घरमा डेलिभरी गरिदिनेछ ।

यो क्याम्पेन २९ फेब्रुअरीसम्म चल्नेछ ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८० १९:५