close

प्रयोगकर्ताको कन्टेन्ट ८ अर्बमा एआई कम्पनीलाई बेच्दै रेडिट

टेकपाना टेकपाना

फागुन ८, २०८० १४:१०

प्रयोगकर्ताको कन्टेन्ट ८ अर्बमा एआई कम्पनीलाई बेच्दै रेडिट

काठमाडौं । सामाजिक सञ्जाल रेडिटमा गरिएका पोस्ट अथवा कमेन्ट एआई मोडेललाई तालिम दिन प्रयोग गरिने भएको छ । प्रयोगकर्ताहरूले प्लेटफर्ममा बनाएका कन्टेन्टहरू बेच्न रेडिटले ​एआई कम्पनीसँग हालै सहमति गरेको हो । 

एआई कम्पनीलाई आफ्नो डेटा बेचे बापत रेडिटले वार्षिक ६० मिलियन डलर  (करिब ८ अर्ब रुपैयाँ) लिने ब्लुमबर्गले जनाएको छ । रेडिटमा भएको कन्टेन्ट किन्ने एआई कम्पनीबारे भने खुलाइएको छैन ।

यद्यपि पब्लिक कम्पनी बन्नुअघि रेडिटले लिएको यो कदमलाई निकै महत्त्वका साथ हेरिएको छ । साथै अन्य एआई कम्पनीसँग पनि रेडिटले यही प्रकारको सम्झौता गर्नसक्ने अनुमान छ ।

अहिले धेरै एआई कम्पनीले वेबमा भएका डेटामा आफ्ना मोडेललाई तालिम दिइरहेका छन् । तर यसरी गर्नु गैरकानुनी मानिएको छ । यसकारण यस क्षेत्रका ठूला कम्पनीले किनेको डेटामा मोडेललाई तालिम दिन खोजिरहेको छन् । यसको जल्दो उदाहरण ओपनएआई हो । 

द इन्फर्मेसनका अनुसार ओपनएआईले विभिन्न मिडिया कम्पनीहरूलाई उनीहरूको डेटा किन्न अफर गरिरहेको छ । त्यस्तै एप्पलले पनि उही प्रकारको सम्झौता गर्न खोजिरहेको न्यू योर्क टाइम्सले लेखेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०८० १४:२४