काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ई-स्पोर्ट्सलाई अगाडि सार्नुपर्ने माग राखेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहले नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसामू ईस्पोर्ट्सलाई ढिलो नगरी अगाडि प्रवर्द्धन गर्नुपर्ने माग राखेका हुन् ।
“संसारमा ईस्पोर्ट्सले फड्को मारिसक्यो, हामीले ईस्पोर्ट्सलाई अगाडि लान अब ढिला गर्नु हुन्न । मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,” सांसद शाहले भने । त्यस्तै उनले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा डिजिटल स्कोर बोर्ड र फ्लड लाइट कहिले आउँछ भन्दै प्रश्न समेत राखेका छन् ।