close

एक्सका सबै प्रिमियम प्रयोगकर्ताले अब ग्रोक एआई चलाउन पाउने

टेकपाना टेकपाना

चैत २१, २०८० ११:३४

एक्सका सबै प्रिमियम प्रयोगकर्ताले अब ग्रोक एआई चलाउन पाउने

 

काठमाडौं । एलन मस्कले आफ्नो एआई टुल ग्रोक च्याटबटको पहुँच विस्तार गर्ने भएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै मस्कले यसबारे जानकारी दिएका हुन् । अब मस्कको कम्पनी एक्सएआईले एक्सका प्रिमियम प्रयोगकर्तालाई ग्रोक १.५ उपलब्ध गराउने छ ।

यसअघि प्रिमियम प्लस प्रयोगकर्ताले मात्र यस टुलमा पहुँच पाएका थिए । अब भने मासिक ८ डलर तिरेर एक्स चलाउने प्रयोगकर्ताहरूले पनि ग्रोक चलाउन पाउने भएका हुन् ।

अपडेट गरिएको ग्रोकमा क्षमता सुधारिएको र पहिलेकोभन्दा सटीक र लामा जवाफ पनि दिनसक्ने बताइएको छ । यसबाट गणितका समस्या हल गर्ने, कोड लेख्ने लगायतका काम गर्न सकिन्छ ।

एक्सको यस कदमलाई ओपनएआईको च्याटजीपीटी, गुगलको जेमिनाई​ र माइक्रोसफ्टको कोपाइलटसँग प्रतिस्पर्धा गर्न तयार भएको बुझिएको छ ।तर साधारण प्रयोगकर्तामाझ ग्रोक कहिले उपलब्ध हुन्छ भनेर मस्कले कुनै जानकारी दिएका छैनन् । 

पछिल्लो अध्यावधिक: चैत २१, २०८० ११:३४