close

एरोज ब्रान्डको नयाँ इयरबड बजारमा, नयाँ वर्षको अवसरमा किन्दा ४० प्रतिशत छुट

टेकपाना टेकपाना

चैत २५, २०८० १६:४३

एरोज ब्रान्डको नयाँ इयरबड बजारमा, नयाँ वर्षको अवसरमा किन्दा ४० प्रतिशत छुट

 

काठमाडौं । नेपाली ब्रान्ड एरोजले बजारमा नयाँ इयरबड ल्याएको छ । अनलाइन शपिङ प्लेटफर्म दराजमार्फत कम्पनीले ‘हाईफाई म्युजिक’ नामको इयरबड सार्वजनिक गरेको हो ।

ट्रान्सप्यारेन्ट फिनिस भएको इयरबडमा ब्लुटुथ भर्सन ५.३ छ । यसमा ब्याट्री २५० एमएएच क्षमताको छ, जसले एक पटककाे चार्जमा २० घण्टा टक टाइम दिने कम्पनीको दाबी छ ।

इयरबडले टप अपरेसन सहितको सिरी भोइस कन्ट्रोल सपोर्ट गर्छ । यो इयरबड एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टममा चलाउन सकिन्छ ।

कालो, सेतो र गुलाबी गरी तीन रङमा उपलब्ध याे इयरबडका लागि एरोजले नयाँ वर्ष २०८१ को अवसरमा छुट अफरसमेत ‍ल्याएको छ ।

यस अन्तर्गत तपाईंले दुई हजार ४९९ मूल्य कायम गरिएको यो इयरबड ४० प्रतिशत छुटसहित एक हजार ४९९ रुपैयाँमै दरजामार्फत खरिद गर्न सकिन्छ ।​ याे अफर २३ चैतदेखि ६ वैशाखसम्म सञ्चालन हुनेछ ।

यसमा छ महिनाको वारेन्टी छ भने कम्पनीले ​नि:शुल्क डेलिभरीकाे सुविधा दिनेछ । साथै लञ्च अफर अन्तर्गत क्रेडिट/डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक, पहिलो सय ग्राहकले २०० रुपैयाँको भौचर, दराजबाट गिफ्ट ह्याम्पर र एरोजका अरु उत्पादनमा ४० प्रतिशतसम्म छुट पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८० १६:४३