काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले क्यूआर कोड मार्फत हुने अन्तरदेशीय कारोबारको लागि आवश्यक मस्यौदा तयार पारेको छ । एक सूचनामार्फत बैंकले उक्त मस्यौदामा सुझाव दिन सराेकारवालासँग अनुरोध गरेको छ ।
क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैङ्किङ/इन्टरनेट बैङ्किङ तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी व्यवस्था'को मस्यौदामा राय, सझाव, पृष्ठ पोषण तथा प्रतिक्रिया दिन बैंकले अनुरोध गरेको हाे ।
मस्यौदा उपर आउँदो ३ जेठभित्र ईमेल ठेगाना [email protected] मा मेल लेखेर अथवा बैंकको केन्द्रीय कार्यालयमा पत्राचार मार्फत सुझाव पठाउन सकिने छ ।