close

ब्रेभ ब्राउजर भन्छः गुगलले चाहँदैमा युट्युबका विज्ञापन ब्लक गर्न छोडिंदैन

टेकपाना टेकपाना

बैशाख ७, २०८१ १६:४५

ब्रेभ ब्राउजर भन्छः गुगलले चाहँदैमा युट्युबका विज्ञापन ब्लक गर्न छोडिंदैन

काठमाडौं । एड ब्लकर टुललाई बन्द गर्न युट्युब सक्रिय भएपछि सर्च इन्जिन ब्रेभले आफूलाई यसबाट असर नपर्ने बताएको छ । सामाजिक सञ्जालमा एक पोस्ट राख्दै ब्रेभले युट्युबको निसानामा आफू नपर्ने उल्लेख गरेको हो ।

ब्रेभ ब्राउजरमा ‘शिल्ड्स’ (Shields) नामक इनबिल्ट एड ब्लकर रहेको छ । जसले डिफल्ट रूपमा विभिन्न वेबसाइटमा देखिने विज्ञापन बन्द गर्ने गर्छ । गुगलको नयाँ नीति अनुसार भने नि:शुल्क भिडिओ हेर्दा खेरी युट्युबमा देखिने विज्ञापनलाई थर्ड पार्टी एप प्रयोग गर्न मिल्दैन ।

यदि त्यसो गरे वेब र मोबाइल एपमा युट्युब भिडिओ चल्दैनन् । पुन: एप चलाउन कि त एड ब्लकर हटाउनु पर्ने हुन्छ, कि त युट्युब प्रिमियम लिनुपर्ने हुन्छ । युट्युबले यो कदम गत वर्षदेखि लागू गर्न खोजिरहेको थियाे । हालै मात्र फेरि गुगलले यो नीति मोबाइलमा पनि लागू गर्न खोजेको छ ।

सोही सन्दर्भमा ब्रेभ ब्राउजरले युट्युबको नयाँ परिवर्तनले आफूहरूलाई कुनै असर नपर्ने प्रतिक्रिया दिएको हो । त्यस्तै एड ब्लकर प्रयोग गरेकै कारण ब्रेभमा युट्युब नचले खबर गर्न अनुरोध गरेको छ । साथै युट्युबले गर्ने परिवर्तन अनुसार आफ्नो एड ब्लकर अपडेट गर्ने ब्रेभको भनाइ छ ।

 

यो पनि पढ्नुहोस्

'एड ब्लकर' प्रयोग गर्नेले भिडिओ हेर्न नपाउने नियम ल्याउँदै युट्युब

युट्युबले एड-ब्लकर प्रयोग गरेको थाहा पायो ? विज्ञापन बिना निर्वाध भिडिओ हेर्न यसो गर्नुहोस्

मोबाइलमा एड ब्लकर राखे अब युट्युब भिडिओ नै हेर्न नमिल्ने

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १६:४५