close

मेसेन्जरको मेसेज सिन गर्दा पठाउनेले चाल नपाओस् भन्ने चाहनु हुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख १०, २०८१ १९:५८

मेसेन्जरको मेसेज सिन गर्दा पठाउनेले चाल नपाओस् भन्ने चाहनु हुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । फेसबुक मेसेन्जरमा कहिलेकाहीं नचाहँदा नचाहँदै आएको मेसेज हेरिन्छ । मानिसको स्वभाव पनि त्यस्तै हुन्छ, ‘अनरिड’ (नखोलिएको) मेसेज झुक्केर हेरिहाल्ने किसिमको हुन्छ । कतिपय मेसेज आफूले हेर्न चाहेका हुँदैनन् । तर, सिन (seen) भइदिन्छ अनि बेवास्ता गरेको अर्थ नलागोस् भनेर मन नभई नभई रिप्लाई दिन बाध्य भइरहेका हुन्छौं ।

गोपनीयतालाई मध्यनजर गर्दै फेसबुकले केही महिना अघि मेसेज हेरे पनि सिन भएको नदेखाउने फिचर ल्याएको थियो । यदि तपाईं पनि आफूले हेरेको मेसेज ‘सिन’ भएको नदेखियोस् भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ । 

- सबैभन्दा पहिला मेसेन्जर एप खोल्नुहोस् ।

- त्यसपछि माथि बायाँपट्टि रहेको तीन ओटा लाइनमा थिच्नुहोस् ।

- अनि छेउमा देखिएको ‘सेटिङ’को आइकनमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि ‘प्राइभेसी एन्ड सेफ्टी’ अप्सनमा जानुहोस् । र, अन्तिमको ‘ह्वाट पिपुल सि’ (what people see) सेक्सनमा रहेको रिड रिसिप्ट (read receipt) अप्सनमा जानुहोस् ।

- रिड रिसिप्टको अप्सन डिफल्ट रूपमा अन नै हुन्छ । यसको अर्थ तपाईंले कसैले पठाएको मेसेज हेर्नुभयो भने ‘सिन’ भएको देखाउँछ । तर, सोही अप्सन अफ गर्नुभयो भने तपाईंले कसैको मेसेज हेर्नुभयो भने पनि ‘सिन’ भएको देखाउँदैन । त्यस्तै तपाईंले पठाएको मेसेज पनि कसैले हेरेको छ भने तपाईं पनि ‘सिन’ भएको देख्न पाउनु हुन्न ।

त्यस्तै तपाईंले कुनै विशेष व्यक्तिको हकमा मात्रै आफूले मेसेज सिन गरेको थाहा होस् र उसले सिन गर्दा आफूलाई पनि थाहा होस् भन्ने चाहनुभयो भने त्यसको पनि विकल्प छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिला मेसेन्जर खोलेर आफूले मेसेज हेर्दा ‘सिन’ भएको थाहा पाओस् भन्ने व्यक्तिको मेसेज खोल्नुहोस् ।

  • अनि माथि दायाँपट्टि रहेको ‘आई’ आइकन (ⓘ) मा ट्याप गर्नुहोस् ।

- त्यसपछि अन्तिममा रहेको 'रिड रिसिप्ट' अप्सनमा जानुहोस् ।

- र, स्क्रल गर्दै अन्तिमतिर गएर ‘रिड रिसिप्ट’ (read receipt) अप्सनमा गएर उक्त अप्सन अन गर्नुहोस् ।

यति गरिसकेपछि उक्त व्यक्तिले तपाईंले मेसेज सिन गरेको थाहा पाउँछ भने तपाईंले पनि उसले मेसेज सिन गरे नगरेको थाहा पाउनुहुन्छ । 

इन्स्टाग्राममा चाहिं यो अप्सन अन गर्न के गर्ने ?

- सबैभन्दा पहिला इन्स्टाग्राम एप खोल्नुहोस् । 

- अनि, तल दायाँपट्टि रहेको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।

- त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गर्नुहोस् । 

- यति भएपछि स्क्रोल गर्दै तल गएर ‘मेसेज एन्ड स्टोरी रिप्लाइज’ (Messages and story replies) को अप्सनमा जानुहोस् । 

- र, ‘हु क्यान सि द्याट यु आर अनलाइन’ (Who can see that you're online) को सेक्सनमा रहेको ‘शो रिड रेसिप्ट्स’ (Show read recipts) को अप्सनमा ट्याप गरेर रिड रेसिप्ट्स अफ गर्नुहोस् । यति भएपछि तपाईंले मेसेज सिन गर्दा अर्को व्यक्तिलाई थाहा हुँदैन भने अर्को व्यक्तिले तपाईंको मेसेज सिन गर्दा त्यसको जानकारी पनि तपाईंलाई हुँदैन । 

ह्वाट्सएपमा कसरी अन गर्ने यो अप्सन ?

- सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् । 

- अनि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

- यति भएपछि सेटिङको अप्सनमा जानुहोस् । र, ‘प्राइभेसी’ (Privacy)को अप्सनमा ट्याप गर्नुहोस् । 

- त्यसपछि ‘रिड रेसिप्ट’ (Read recipt)को अप्सन अफ गर्नुहोस् । 

- यति भएपछि तपाईंले ह्वाट्सएपमा आएको मेसेज हेर्नु भयो भने पनि त्यसको जानकारी पठाउने व्यक्तिलाई जाँदैन । त्यस्तै तपाईंले मेसेज पठाएको व्यक्तिले सिन गरेको छ भने पनि तपाईंलाई थाहा हुँदैन । 

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १९:५८