close

वेबसाइटमा पढ्ने बानी छ ? कुनै पनि वेब ब्राउजरमा यसरी प्रयोग गर्नुहोस् रिडिङ मोड

टेकपाना टेकपाना

बैशाख २०, २०८१ १२:२०

वेबसाइटमा पढ्ने बानी छ ? कुनै पनि वेब ब्राउजरमा यसरी प्रयोग गर्नुहोस् रिडिङ मोड

काठमाडौं । ब्राउजिङका क्रममा पढ्ने बानी तपाईंमा छ भने 'रिडिङ मोड' निकै उपयोगी हुन सक्छ । किनकी कतिपय वेब पेजमा धेरै विज्ञापन आएर पढ्न समस्या भइरहेको हुन्छ । यसको सबैभन्दा राम्रो समाधान भनेकै रिडिङ मोड हो । 

अहिलेका प्राय: सबै ब्राउजरले यो मोड सपोर्ट गर्छन् । यसले कुनै पनि अवरोध बिना पढ्ने वातावरण निर्माण गर्छ । किनकी यो मोड अन गर्ना साथ पेजमा भएका विज्ञापन, अनावश्यक भाग हट्छन् । यस बाहेक तपाईंले अक्षरको आकार, पृष्ठभूमिको रङ्ग, शब्दहरू बीचको दुरी आदि मिलाउनुका साथै राखिएका लिङ्क समेत हटाउने विकल्प यसमा पाउन सकिन्छ । 

आज हामी अहिलेका केही चर्चित वेब ब्राउजरमा रिडिङ मोड कसरी प्रयोग गर्ने भन्ने बारेमा बताउँदै छौं । 

 

क्रोम

  • सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा रहेको क्रोम ब्राउजर खोल्नुहोस् र कुनै पनि वेब पेजमा जानुहोस् । 

  • अब उक्त पेजको खाली ठाउँमा राइट क्लिक गर्नुहोस् । त्यसपछि विभिन्न विकल्प देखा पर्छन् । ती मध्ये 'ओपन इन रिडिङ मोड'मा क्लिक गर्नुहोस् ।

  • त्यसपछि एउटा स्लाइड बारसँगै स्क्रिन स्प्लिट (दुई भागमा बाँडिने) हुन्छ । त्यसलाई दायाँबायाँ सारेर तपाईंले पढ्ने स्थान घटबढ गर्न सक्नुहुन्छ ।

 

सफारी  

  • ओपन सफारी खोलेर कुनै पनि वेब पेजमा जानुहोस् । 

  • तपाईंले एड्रेस बारको बायाँ भागमा पेजको सानो चिन्ह देख्न सक्नुहुन्छ । तर यो चिन्ह केही बेरमै हराउने भएकाले पेज लोड गर्ना साथ तपाईंले हेर्नुपर्ने हुन्छ । त्यहाँ क्लिक गर्ना साथ तपाईंले रिडिङ मोड अन गर्न सक्नुहुन्छ ।

 

यसबाहेक पनि तपाईंले निश्चित साइटहरूमा स्वत: रिडिङ मोड इनेबल गर्न सक्नुहुन्छ ।

 

फायरफक्स 

  • फायर फक्स खोलेर वेब पेजमा जानुहोस् । 

  • यसमा रिडिङ मोडलाई 'रिडिङ भ्यु' नाम दिइएको छ । जब तपाईंले कुनै पनि पेज लोड गर्नुहुन्छ, एड्रेस बारको दायाँ किनारा तर्फ तपाईंले 'रिडिङ भ्यु'को आइकन देख्न सक्नुहुन्छ । 

  • त्यसमा क्लिक गरेपछि तपाईं रिडिङ पेजमा पुग्नु हुनेछ ।

 

एज

  • माइक्रोसफ्टको एज ब्राउजर खोल्नुहोस् र कुनै पनि वेब पेजमा जानुहोस् 

  • यसमा रिडिङ मोडलाई इमर्सिभ मोड नाम दिइएको छ । यो मोड अन गर्न एड्रेसबारको दायाँ भागमा रहेको  पुस्तक आकारमा क्लिक गर्नुहोस् । 

  • यति गरेपछि सो पेज रिडिङ मोडको रूपमा अन हुन्छ ।

 

ब्रेभ

 

  • ब्रेभ ब्राउजर खोलेर कुनै पनि वेब पेजमा जानुहोस् । 

  • यसमा यो मोडलाई स्पिड रिडर नाम दिइएको छ । यो मोड अन गर्न एड्रेस बारमा भएको पेज आइकनमा क्लिक गर्नुहोस् । 

  • उक्त आइकमा क्लिक गरेपछि तपाईंले खोलेको पेज रिडिङ मोडमा जान्छ । 

 

ओपेरा

  • ओपेरा ब्राउजरमा रिडिङ मोड गर्न तपाईंले थर्ड पार्टी एप इन्स्टल गर्नुपर्ने हुन्छ । किनकी यसमा हालसम्म रिडिङ मोड समावेश भइसकेको छैन । यसका लागि तपाईंले ‘रिडर भ्यु’ नामक एक्सटेन्सन इन्स्टल गर्न सक्नुहुन्छ ।  

  • सबैभन्दा पहिला ओपेर ब्राउजरबाट यहाँ क्लिक गरी उक्त एक्सटेन्सन इन्स्टल गर्नुहोस् । 

  • त्यसपछि कुनै पनि वेब पेजमा जाँदा माथि यूआरएलको दायाँतर्फको भागमा पुस्तक आकारको आइकन देख्न सक्नु हुन्छ । त्यसमा क्लिक गर्नु भयो भने तपाईंले कुनै पनि वेब पेजमा रिडिङ मोड प्रयोग गर्न सक्नु हुन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८१ १२:२०