close

नग्न तस्वीरमा आफ्नै विद्यार्थीको टाउको जोडी चरित्रहत्या गर्ने शिक्षक पक्राउ

टेकपाना टेकपाना

बैशाख २६, २०८१ १७:४३

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । अनलाइनमार्फत आफ्नै विद्यार्थीको चरित्रहत्या गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । भक्तपुरका २४ वर्षीय शिक्षकलाई नेपाल प्रहरीको साइबर ब्युरोले २४ वैशाखमा पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्ति निजी विद्यालयका शिक्षक भएको खुलेको छ । प्रहरीका अनुसार ती शिक्षकले नाबालिका (विद्यार्थी)ले फेसबुकमा राखेको फोटो दुरुपयोग गरी अश्लील सामग्री तयार पारेका थिए ।

नाबालिकाले अनलाइन अध्ययन प्रयोजनको लागि फेसबुक अकाउन्ट खोलेकी थिइन्, जहाँ आफ्ना तस्वीरहरू पनि पोस्ट गर्थिन् । तिनै तस्वीर दुरुपयोग गरेर शिक्षकले नक्कली फेसबुक अकाउन्ट बनाएका थिए । त्यति मात्र नभइ अश्लील तस्वीरमा नाबालिकाको अनुहार जोडी, अश्लील गतिविधियुक्त कन्टेन्ट लेखेर चरित्रहत्या गरेका थिए । 

​ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट पाँच दिनको म्याद लिएर ती शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८१ १८:१३