close

आईसीसीको वेबसाइटमार्फत निःशुल्क टी-२० विश्वकप क्रिकेट लाइभ हेर्न मिल्ने

टेकपाना टेकपाना

जेठ २, २०८१ १३:०

आईसीसीको वेबसाइटमार्फत निःशुल्क टी-२० विश्वकप क्रिकेट लाइभ हेर्न मिल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मिलित टी–२० विश्वकप क्रिकेटको लाइभ अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी) को टीभीमार्फत निःशुल्क हेर्न सकिने भएको छ । आगामी १ जुनदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसीसी टी–२० विश्वकप २०२४ मा नेपालले पनि खेल्दैछ । नेपाल दश वर्षपछि टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न लागेको हो ।

नेपाल सम्मिलित उक्त खेलको प्रत्यक्ष प्रसारण आईसीसीले आफ्नो आधिकारिक वेब टीभीमार्फत निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । यसका लागि आईसीसीको आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टीभीमार्फत हेर्न सकिने आईसीसीले जनाएको छ ।

नेपाल टी–२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग ४ जुनमा अमेरिकाको ड्यालस र ११ जुनमा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेल १४ जुनमा दक्षिण अफ्रिकासँग र १६ जुनमा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८१ १३:६