close

टिकटकमा ६० मिनेट सम्मको भिडिओ अपलोड गर्ने सुविधा आउँदै

टेकपाना टेकपाना

जेठ ४, २०८१ १०:८

टिकटकमा ६० मिनेट सम्मको भिडिओ अपलोड गर्ने सुविधा आउँदै

काठमाडौं । टिकटकले ६० मिनेटसम्मका भिडिओहरू अपलोड गर्ने नयाँ सुविधाको परीक्षण थालेको छ । टेकक्रन्चका अनुसार टिकटकले यो फिचर केही देशका निश्चित प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइसकेको छ ।

युट्युबका दर्शकलाई आकर्षित गर्न टिकटकले यस्तो रणनीतिमा काम गरेको टेकक्रन्चले जनाएको छ । यो फिचर कहिलेसम्म विश्वव्यापी रूपमा उपलब्ध हुन्छ भन्ने विषयमा भने स्पष्ट जानकारी छैन । बढाइएको समय सीमाले कन्टेन्ट क्रिएटरलाई नयाँ प्रकारका सामग्रीहरू पोस्ट गर्ने थप सघाउने अपेक्षा गरिएको छ । 

यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन् । उनले ६० मिनेट लामो भिडिओ अपलोडका लागि टिकटकले काम गरिरहेको भन्दै स्किृनशट शेयर गरेका छन् ।

यो परिवर्तनले टिकटकमा टेलिभिजन शोहरूका पूर्ण एपिसोडहरूदेखि अन्य लामा प्रकृतिका भिडियो पोस्ट गर्न सकिनेछ ।

टिकटकले सबैभन्दा पहिले १५ सेकेन्डसम्मको मात्र भिडिओ अपलोड गर्न सकिने सुविधा ल्याएको थियो । त्यसपछि समय सीमा घटाउँदै ६० सेकेन्ड, तीन मिनेट हुँदै १० मिनेटसम्म बढाएको थियो । कम्पनीले १५ र ३० मिनेटको भिडिओ अपलोड गर्ने सुविधामा पनि काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८१ १२:१३