close

कोभिड-१९ बारे भिडिओ बनाउँदा जेल परेकी पत्रकार ४ वर्षपछि रिहा

टेकपाना टेकपाना

जेठ ११, २०८१ १५:३९

कोभिड-१९ बारे भिडिओ बनाउँदा जेल परेकी पत्रकार ४ वर्षपछि रिहा

 

काठमाडौं । कोभिड-१९ बारे भिडिओ बनाउँदा जेल सजाय पाएकी चिनियाँ पत्रकार चार वर्षपछि रिहा भएकी छिन् । चीनको वुहान प्रान्तमा पहिलो पटक कोभिड देखिँदा रिपोर्टिङ गरेको आरोपमा चार वर्षसम्म जेलमा रहेकी झाङ झान हालै रिहा भएकी हुन् । 

प्रेस स्वतन्त्रता सम्बन्धी आवाज उठाउने संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले झानको रिहाइ पुष्टि गरेकाे छ । उनको रिहाइपछि एउटा भिडिओ शेयर भएको छ, जहाँ झानले आफ्नो समर्थकलाई धन्यवाद दिएकी छन् ।

पक्राउ पर्नुअघि उनले कोभिड महामारीकाे बेला वुहानका अस्पतालको भीडभाड, बिरामीहरूको नाजुक अवस्था र वास्तविक मृत्यु संख्या बारेमा अनलाइनमा भिडिओ राख्ने गर्थिन् ।

स्थानीय अधिकारीहरूले उनलाई बारम्बार त्यसो नगर्न सचेत गराएपनि उनले वास्तविकता देखाउन छाडिनन् । अन्ततः मे २०२० मा सरकार विरुद्ध बोलेको भन्दै उनलाई जेल चलान गरिएको थियो । त्यहाँ उनलाई चरम यातना दिइएको खबर बाहिरिएकाे थियाे । झान स्वयंले पनि त्यहाँ आंशिक भोक हड्ताल गरेकी थिइन् ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८१ १५:३९