close

अनलाइन ठगी गर्ने १९ वर्षीय युवकको बाइनान्समा डेढ करोड बराबरको बिटक्वाइन

टेकपाना टेकपाना

जेठ १४, २०८१ १०:४१

अनलाइन ठगी गर्ने १९ वर्षीय युवकको बाइनान्समा डेढ करोड बराबरको बिटक्वाइन

काठमाडौं । सामाजिक सञ्जालका माध्यमबाट अनलाइन ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल काठमाडौं कोटेश्वर बस्दै आएका १९ वर्षीय विज्ञान घर्तीमगर रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित घर्तीमगरलाई शुक्रबार बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार आरोपित युवक सामाजिक सञ्जाल विशेषगरी फेसबुक र टेलिग्रामबाट सर्वसाधारणसँग जोडिन्थे ।

त्यसपछि कुरा गर्दै नजिक हुन्थे । अनि अनलाइनमा रकम लगानी गरे दोब्बर हुने प्रलोभन देखाउँदै विभिन्न बैंक अकाउन्टमा रकम पठाउन लगाउँथे । यसरी एक पीडितबाट दुई लाख १६ हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन बनेका थिए । रकम लिएको व्यक्ति सम्पर्कमा नआएपछि उनीमाथि कार्यालयमा उजुरी परेको थियो । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा घर्तीमगर पक्राउ परेका हुन् । 

प्रारम्भिक अनुसन्धानका क्रममा विज्ञान घर्तीमगरको साथमा रहेको स्मार्टफोनमा बाइनान्स एप रहेको देखियो । सो एपबाट भएको कारोबार हेर्दा उनले ७.१५७९१८३८ बराबरको बिटक्वाइन (एक करोड ५१ लाख ७५ हजार रुपैयाँ बढी) को कारोबार गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८१ १०:४१