close

सरकारी कार्यालयमा स्वदेशी सफ्टवेयरलाई प्राथमिकता, निजी डेटा सेन्टरको मापदण्ड तोकिने

टेकपाना टेकपाना

जेठ १५, २०८१ १९:१३

सरकारी कार्यालयमा स्वदेशी सफ्टवेयरलाई प्राथमिकता, निजी डेटा सेन्टरको मापदण्ड तोकिने

काठमाडाैं । सरकारले डेटा सेन्टरकाे व्यवस्थापनका लागि कार्यक्रम ल्याउने भएकाे छ । मंगलवार सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले सरकारी डेटा सेन्टरको स्तरोन्नति तथा निजी क्षेत्रबाट सञ्चालित डेटा सेन्टरको मापदण्ड तयार गर्ने कार्यक्रम ल्याएका हुन् ।

त्यस्तै स्वदेशमै निर्मित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री वर्षमान पुनले जनाएका छन् । यसका साथै बिजुली तथ्याङ्कको भण्डारण सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाउने कार्यक्रम ल्याइएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १९:१६