close

नेपाल र नेदरल्यान्ड्सबीचको क्रिकेट खेल टुँडिखेलमा निःशुल्क देखाइँदै

टेकपाना टेकपाना

जेठ २१, २०८१ २०:४६

नेपाल र नेदरल्यान्ड्सबीचको क्रिकेट खेल टुँडिखेलमा निःशुल्क देखाइँदै

काठमाडौं । भोलि बेलुकी ९:१५ देखि सुरु हुने नेपाल र नेदरल्यान्ड्सबीचको टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल टुँडिखेलमा नि:शुल्क देखाइने भएको छ । काठमाडौं महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको संयुक्त पहलमा नेपालको खेल ठूलो एलईडी स्क्रिनमा नि:शुल्क देखाइन लागिएको हो । 

ओपन डोर्स इन्टरटेनमेन्टका निर्देशक एलिन श्रेष्ठका अनुसार ३०*१६ फुटको स्क्रिनमा खेल देखाइने छ । साथै खेल सुरु हुनुअघि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल, भीयोमा लगायतका कलाकारले प्रस्तुति समेत दिने उनले बताए । 

विश्वकपमा नेपालका अन्य खेल नेपाली समय अनुसार बिहान परेकाले ती खेल ठूलो स्क्रिनमा देखाउने/नदेखाउने निश्चित नभएको उनले सुनाए ।

 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ २०:५८