close

विन्डोज ११ मा भएका फाइलहरू स्मार्टफोनबाटै चलाउन सकिने फिचर आउँदै

टेकपाना टेकपाना

जेठ २८, २०८१ १९:३६

विन्डोज ११ मा भएका फाइलहरू स्मार्टफोनबाटै चलाउन सकिने फिचर आउँदै

 

काठमाडौं । माइक्रोसफ्टको स्वामित्वमा रहेको विन्डोज ११ मा स्मार्टफोनबाटै फाइलहरू चलाउन सकिने फिचर आउने भएको छ । विन्डोज ११ को फाइल एक्सप्लोररमा मोबाइलबाटै पहुँच पाउन सकिने फिचर आउन लागेको हो ।

माइक्रोसफ्टले 'क्रस डिभाइस एक्सपिरियन्स होस्ट'मा अपडेट गर्दै यो फिचर ल्याउन लागेको हो । हाल यो फिचर परीक्षणको चरणमा रहेको छ । सोही कारण कहिलेबाट यो फिचर उपलब्ध हुन्छ भन्नेबारे आधिकारिक रूपमा खुलाइएको भने छैन । 

सबैभन्दा पहिला यो फिचरबारे फ्यानटम अफ अर्थ युजरनेम भएका लिकरले सामाजिक सञ्जाल एक्समा खुलासा गरेका थिए । यसअघि पनि उनले माइक्रोसफ्टले ल्याउन सक्ने फिचरबारे पूर्वजानकारीहरू ल्याएका थिए । 

यो फिचर उपलब्ध भएपछि भने विन्डोज ११ मा कनेक्ट गरेका स्मार्टफोनमा 'फाइल एक्सप्लोरर' देखाउने फिचरको विकल्प देखा पर्नेछ । पछिल्लो समय माइक्रोसफ्टले विन्डोज र फोनलाई जोड्न विभिन्न फिचरहरू ल्याइरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८१ १९:३६