close

बस सेवाले हरेक अनलाइन टिकेटको १ रुपैयाँ तेस्रो लिङ्गीको हितमा खर्चिने

टेकपाना टेकपाना

असार ३, २०८१ १२:४४

बस सेवाले हरेक अनलाइन टिकेटको १ रुपैयाँ तेस्रो लिङ्गीको हितमा खर्चिने

काठमाडौं । बसको अनलाइन टिकेट बुकिङ साइट बससेवा डटकमले प्रति टिकेट बापत एक रुपैयाँ नील हिरा समाजलाई प्रदान गर्ने भएको छ । दुवै संस्थाबिच अनलाइनबाट बुकिङ भएका टिकटहरूबाट एक रुपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको हो ।

सम्झौता पत्रमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनीषा ढकाल र बससेवा डटकमका बजार व्यवस्थापक डेनिसजङ्ग थापाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि ब्यक्तिले काटेको टिकटबाट एक रुपैयाँ नील हिरा समाजलाई प्रदान गर्नेछ ।

कुनै पनि ब्यक्तिले यात्रा गर्नु परेमा आफ्नो मोबाइलबाटै बस सेवामार्फत टिकेट काट्न सक्छन् भने टिकेट काट्दा यात्रुहरूले ईसेवा, फोन पे, खल्ती, प्रभु पेसँगै नजिकै रहेका साइबर, मोबाइल बैकिङ र इन्टरनेट बैंकिङ मार्फत अनलाईन टिकट काट्न सक्छन् । नील हिरा समाज (ब्लु डायमण्ड सोसायटी ) नेपालमा सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूमा केन्द्रित तेस्रो लिङ्गी वर्गको हक अधिकारका निम्ति क्रियाशील गैर–सरकारी संस्था हो ।

यो संस्था विविध लैङ्गिकता र यौनिकताका व्यक्तिहरू विरुद्ध विद्यमान कानूनमा परिवर्तनको पक्षमा वकालत गर्न सन् २००१ मा स्थापना भएको थियो । 

 

पछिल्लो अध्यावधिक: असार ३, २०८१ १२:४४