close

सञ्जीव सुब्बा बाहिरिएसँगै साजन शर्मा बने फिनटेक अलायन्सको नयाँ अध्यक्ष

टेकपाना टेकपाना

असार ३, २०८१ १३:४०

सञ्जीव सुब्बा बाहिरिएसँगै साजन शर्मा बने फिनटेक अलायन्सको नयाँ अध्यक्ष

काठमाडौं । नेपालको फिनटेक अर्थात् वित्तीय प्रविधिको क्षेत्रमा नवप्रवर्तन र वित्तीय समावेशीकरण अगाडि बढाउने संस्था फिनटेक अलायन्स नेपालको नेतृत्व परिवर्तन भएको छ । संस्थाको कार्य समितिले साजन शर्मालाई नयाँ अध्यक्ष चुनेको हो ।

सिटी टेक ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शर्मालाई आगामी आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को लागि अध्यक्षको रूपमा सर्वसम्मत चयन गरिएको छ । फिनटेक अलायन्स नेपालमा सात जनाको कार्य समिति रहेको छ । हाल संस्थामा १२ ओटा संस्थागत सदस्य छन् ।

निवर्तमान अध्यक्ष सञ्जीव सुब्बाको अगुवाइमा फिनटेक अलायन्स नेपालको जन्म भएको थियो । संस्था स्थापनाको पहिलो वर्षमै उल्लेखनीय कार्यक्रम आयोजना गरेको अलायन्सले गत वर्ष मात्र १२ ओटा वित्तीय चेतनामूलक कार्यक्रम सम्पन्न गरेको थियो ।

फिनटेक अलायन्स नेपाल एसिया फिनटेक अलायन्सको सदस्य संस्था समेत हो । एसिया फिनटेक अलायन्समा हाल ११ देश आबद्ध छन् ।

अबका वर्षहरूमा नयाँ संस्थाहरू आबद्ध गराउने तथा वित्तीय प्रविधि क्षेत्रमा जन-उपयोगी कार्यक्रम आयोजना गर्ने लक्ष्य फिनटेक अलायन्स नेपालले राखेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ३, २०८१ १३:४०