close

यही हो, ईसेवा मनि ट्रान्सफरले बम्पर उपहारमा दिने इमाडोलको अढाई तले घर

टेकपाना टेकपाना

असार २८, २०८१ १९:२६

यही हो, ईसेवा मनि ट्रान्सफरले बम्पर उपहारमा दिने इमाडोलको अढाई तले घर

काठमाडौं । ईसेवा मनि ट्रान्सफरको 'मेरो डिजिटल देश अभियान' अन्तर्गत विदेशबाट ईसेवा वालेटमा पैसा पठाउँदा बम्पर उपहार सार्वजनिक भएको छ । १ असोज २०८० देखि सुरु भएर आगामी ३० कात्तिकसम्म सञ्चालन हुने यो योजनाको बम्पर उपहारमा दिइने काठमाडौंको घर सार्वजनिक गरिएको हो ।

ईसेवा मनि ट्रान्सफरले २ वर्ष अघि डिजिटल कारोबार प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ यो अभियानको सुरु गरेको थियो । जस अन्तर्गत पूर्ण बहादुर श्रेष्ठ पहिलो वर्षको विजेता भई काठमाडौंमा घर जित्न सफल भएका थिए ।

विदेशमा रहेका नेपालीहरूमा डिजिटल साक्षरता र सशक्तीकरणको प्रवर्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै कम्पनीले यो अभियानलाई निरन्तरता दएको हो । विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत ईसेवा वालेटमा रेमिट्यान्स पठाउने मध्ये एक जना विजेताले फेरि पनि काठमाडौंमा घर जित्न सक्नेछन् ।

जसका लागि ललितपुर महानगरपालिका-३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बम्पर उपहारमा राखिएको छ । अभियान अवधिभर ईसेवा मनि ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउने व्यक्तिहरू यो योजनामा स्वतः सहभागी हुनेछन् ।

ईसेवा मनि ट्रान्सफरले नगद रेमिट्यान्स तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ८८ लाखभन्दा बढी प्रयोगकर्ता र जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ । कम्पनीले १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाखभन्दा बढी क्याश प्वाइन्टबाट पनि रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

ईसेवा मनि ट्रान्सफर नेपालकै प्रमुख मध्येको एक आईटी कम्पनी एफवन सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

 

पछिल्लो अध्यावधिक: असार २८, २०८१ १९:२६