close

वनप्लसले ल्यायो मनसुन बोनान्जा अफर, स्मार्टफोनमा १७ हजारसम्म छुट घोषणा

टेकपाना टेकपाना

असार ३०, २०८१ १५:५

वनप्लसले ल्यायो मनसुन बोनान्जा अफर, स्मार्टफोनमा १७ हजारसम्म छुट घोषणा

 

काठमाडौं । वनप्लसले मनसुन बोनान्जा नामक अफर ल्याएको छ । यसअन्तर्गत कम्पनी‍ले आफ्ना स्मार्टफोनमा १७ हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ ।

‘रेनिङ वन प्लस दिस सिजन’ नारा रहेको यो अफर भोलि ३१ असारदेखि सुरु हुनेछ । अफर अवधिभर ग्राहकले ५३ हजार ९९९ रुपैयाँ पर्ने वनप्लस नोर्ड सीईथ्री फाइभजी स्मार्टफोन मात्र ३६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यस फोन खरिद गर्ने ग्राहकले १७ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

त्यस्तै ४५ हजार ९९९ रुपैयाँ रहेको वनप्लस नोर्ड सीईथ्री लाइट फाइभजी ३४ हजार ५९९ रुपैयाँमा पाउन सक्नेछन् । यसका साथै हालै सार्वजनिक भएको वनप्लस नोर्ड एन ३० एसई पनि १८ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने छ । यसअघि यो फोनको मूल्य २६ हजार ४९९ रुपैयाँ रहेको थियो ।

यसमा ग्राहकले अतिरिक्त २९९ रुपैयाँ तिर्दा एक हजार ९९९ रुपैयाँ पर्ने वनप्लसको ३३ वाटको सुपरभोक एडप्टर पाउन सक्छन् ।

कम्पनीका अनुसार ग्राहकले छुट दिइएका यी फोनहरू वनप्लसको आधिकारिक वितरक तथा अनलाइन प्लेटफर्मबाट खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८१ १५:५