फाइल तस्वीर
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका छन् । पदभार ग्रहण गरेपछि बधाई दिनेको भिड लाग्ने सम्भावना भएकाले प्रधानमन्त्री ओलीले फेसबुक मेसेन्जर र अन्य डिजिटल माध्यमबाटै शुभकामना दिन अनुरोध गरेका हुन् ।
ओलीले बुधवार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिनाले साथीहरूको समयको पनि बचत हुन्छ ।"
उनले सकेसम्म मेसेन्जरमा सन्देश पठाउन र भेटका क्रममा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गरेका छन् ।
"शुभेच्छुक सबैलाई सकेसम्म मेसेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु," उनले लेखेका छन् ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १४:३५
