काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकलाई क्यासब्याक प्रदान गर्ने भएको छ । यो अफर अन्तर्गत सेवाग्राहीले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु. एक हजारसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
‘आइएमई गरौं, करोडपति बनौं’ योजनालाई थप परिष्कृत गर्दै, बम्परमा एक करोड र हरेक महिना एक लाख रुपैयाँ बाहेक अब हरेक कारोबारमा समेत क्यासब्याक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकले जुनसुकै समयमा घरमै बसेर घरायसी बिल भुक्तानी, फ्लाइट टिकट खरिद, मोबाइल रिचार्ज, बीमा नवीकरण तथा अन्य सेवाहरुको सहज भुक्तानी गर्न सक्नेछन् । साथै, आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा पठाउन सक्नेछन् ।