काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा नेपालमा करिब साढे तीन अर्ब रुपैयाँ मूल्यका स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालले साउन महिनामा तीन अर्ब ४६ करोड ६३ लाख रुपैयाँ बराबरका दुई लाख २५ हजार १६३ ओटा स्मार्टफोन भित्रिएका हुन् ।
यसबाट सरकारले ६४ करोड रुपैयाँ बराबरको राजस्व आम्दानी गरेको छ ।
गत आर्थिक वर्षको साउन महिनाको तुलनामा यस पटक २५ प्रतिशतले बढी स्मार्टफोन आयात भएको तथ्याङ्कले देखाउँछ । त्यसबेला दुई अर्ब एक लाख ७९ हजार ९९७ ओटा फोन भित्रिएका थिए ।
यस महिनामा ३२ देशबाट नेपालमा स्मार्टफोन भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ । जसमा सबैभन्दा बढी एक लाख ५५ हजार ४९२ स्मार्टफोन चीनबाट भित्रिएका छन् । त्यसपछि क्रमशः भारत, जापान, युनाइटेड अरब इमिरेट्स, अमेरिका र कोरियाबाट फोन भित्रिएका छन् ।