close

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि पत्रकार महासंघको आपत्ति

टेकपाना टेकपाना

भदौ २७, २०८१ १९:४४

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि पत्रकार महासंघको आपत्ति

काठमाडौं । समाचारको विषयलाई लिएर प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । एक विज्ञप्ति जारी गर्दै महासंघले बस्नेतलाई जबर्जस्ती पक्राउ गर्न खोजेकोमा विरोध जनाएको हो ।

बिहीबार दिउँसो काठमाडौंमा एक कार्यक्रममा सहभागी बस्नेतलाई ब्युरोले टोलीले नियन्त्रणमा लिन खोजेको थियो । सो क्रममा अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको महासंघले जनाएको छ ।

सम्प्रेषित समाचारप्रति परेका उजुरी वा गुनासो हेर्ने काम प्रेस काउन्सिलको भएको भन्दै महासंघले काउन्सिलको क्षेत्राधिकारमा हस्तक्षेप गरी पत्रकार पक्राउको प्रयास गरेको आरोप लगाएको छ ।

साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पत्रकार बस्नेतविरुद्ध कार्यालयमा साइबर अपराध कसुरमा उजुरी परेको छ । “उहाँलाई फोन पनि गएको थियो, सानो सोधपुछका लागि बोलाइएको थियो,” प्रहरी उपरीक्षक अवस्थीले भने, “त्यही विषय बुझ्नका लागि प्रहरी उहाँनेर पुगेको थियो ।”

पछिल्लो अध्यावधिक: भदौ २७, २०८१ १९:५३