काठमाडौं । डिजिटल वालेट ‘नमस्ते पे’ को मोबाइल एप नेपाली भाषामा पनि प्रयोग गर्न सकिन्छ । अंग्रेजी भाषा नबुझ्ने प्रयोगकर्ताका लागि यो सुविधा विशेष रूपमा लाभदायक हुने कम्पनीको विश्वास छ । यसले ग्रामीण क्षेत्रमा समेत डिजिटल सेवाहरूको पहुँच बढाउन मद्दत पुग्ने बताइएको छ । आज हामी ‘नमस्ते पे’ नेपाली भाषामा चलाउने तरिकाबारे जानकारी दिने छौं:
-सबैभन्दा सुरुमा आफ्नो ‘नमस्ते पे’ अकाउन्ट लगइन गर्नुहोस् ।
-होम स्क्रिनमा पुगेपछि बायाँ भागको सबैभन्दा माथि रहेको मेनु बटनमा ट्याप गर्नुहोस् । जुन ठीक तपाईंको नाम र ‘नमस्ते पे’को लोगोको छेवैमा हुन्छ ।
-त्यहाँ तपाईंले विभिन्न विकल्पहरू देख्नुहुन्छ । ती मध्ये ‘अकाउन्ट एन्ड सेटिङग्स’मा क्लिक गर्नुहोस् ।
-यसपछि आउने विकल्पहरू मध्ये ‘जेनेरल सेटिङ्ग्स’मा क्लिक गर्नुहोस् ।
-त्यहाँ सबैभन्दा माथि ‘ल्याङ्ग्वेज’ देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
-अब त्यहाँ नेपाली र अङ्ग्रेजी भाषा छान्ने विकल्प देखिन्छ । ती मध्ये ‘नेपाली’ छान्नुहोस् । यसपछि एपमा तुरुन्तै नेपाली भाषा देखिन्छ ।
यसरी तपाईंले सजिलैसँग ‘नमस्ते पे’मा नेपाली भाषा सेट गरेर चलाउन सक्नुहुन्छ । यदि पुन: अङग्रेजी भाषामा चलाउन यही प्रक्रिया अपनाएर नेपालीको साटोमा ‘अङ्ग्रेजी’ छान्न सक्नुहुन्छ ।