काठमाडौं । चलचित्र विकास बोर्डले १० दिनसम्म निःशुल्क ड्रोन क्यामेरा सम्बन्धी तालिम दिने भएको छ । बुधबार एक सूचना जारी गर्दै बोर्डले ड्रोनसम्बन्धी तालिम आयोजना गर्न लागेको जानकारी दिएको हो ।
बोर्डले चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाँकार (क्यामेराम्यान) लाई तालिम दिने जनाएको छ । १० दिने ड्रोन क्यामेरा प्रशिक्षण सम्बन्धी कार्यशालामा नेपाली चलचित्रका छायाँकारले आवेदन दिन पाउनेछन् । आवेदन फारम यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ । उक्त फारम [email protected] मा पठाउनु पर्नेछ ।
पहिले दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिँदै नियमानुसार छनोट गरी तालिममा सहभागी गराइने बोर्डले जनाएको छ ।