close

एनपीएलको टिकेट खल्तीमा लाइभ, सबै खेल हेर्न साढे ४ हजार तिरे पुग्ने

टेकपाना टेकपाना

मंसिर १०, २०८१ २०:२०

एनपीएलको टिकेट खल्तीमा लाइभ, सबै खेल हेर्न साढे ४ हजार तिरे पुग्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अनलाइन टिकेट बुकिङ सुरु भएको छ । एनपीएलको टिकेटिङ पार्टनर खल्तीले सोमबार एक पोस्ट राख्दै टिकेट लाइभ भएको जानकारी दिएको हो । 

एनपीएल सिजनको पुरै खेलका टिकेटका लागि मूल्य पाँच हजार ६०० रुपैयाँ तोकिएको छ । अहिले छुटमा यो टिकेट चार हजार ४८० रुपैयाँमा खरिद गर्न सकिने खल्तीले जनाएको छ । यो सामान्य टिकेटको मूल्य हो । 

एनपीएल सिजनका लागि भीआईपी टिकेको मूल्य भने १० हजार ३०० रुपैयाँ तोकिएको छ । सीमित अवधिका लागि यसको मूल्य घटाएर आठ हजार २८० रुपैयाँ राखिएको छ । यो टिकेटलाई कम्पनीले 'एनपीएल सिजन पास' नाम दिइएको छ ।

त्यस्तै हरेक म्याचका लागि साधारण सिटको मूल्य तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँ तोकिएको छ । त्यसैगरी भीआईपी टिकेटको मूल्य खेल अनुसार पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म तोकिएको छ । टिकेट बुक गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८१ २०:४३