close

स्थानीय तह उपनिर्वाचन: आयोगको वेबसाइटमा मतपरिणामको लाइभ अपडेट

टेकपाना टेकपाना

मंसिर १६, २०८१ १०:३८

स्थानीय तह उपनिर्वाचन: आयोगको वेबसाइटमा मतपरिणामको लाइभ अपडेट

काठमाडौं । स्थानीय तह उपनिर्वाचन २०८१ को मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगले आफ्नै वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ । मतगणना सुरु भएपछि परिणामलाई निरन्तर अद्यावधिक गरिने आयोगले जनाएको छ ।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले आफ्नै संयन्त्रमार्फत परिणाम अद्यावधिक हुने बताइन् । उनका अनुसार तत्काल अपडेटका लागि जनशक्तिलाई आवश्यक प्रशिक्षण प्रदान गरिसकिएको छ ।

आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ । मतदान सकिएपछि मतपेटिका सङ्कलन गरिने र सर्वपक्षीय सहमतिमा तत्कालै गणना सुरु गरिने आयोगले जनाएको छ ।

यो उपनिर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख एक/एक जना, गाउँपालिकाका अध्यक्ष दुई र उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी कुल ४१ पदका लागि निर्वाचन हुँदैछ । मतगणनाको परिणाम ‘result.election.gov.np’ वेबसाइटमार्फत हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८१ १०:४६