close

रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको छैन, सामाजिक सञ्जालमा भ्रम फैलाइयो‍: चितवन प्रहरी

टेकपाना टेकपाना

मंसिर २३, २०८१ २०:२८

रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको छैन, सामाजिक सञ्जालमा भ्रम फैलाइयो‍: चितवन प्रहरी

काठमाडौं । चितवन प्रहरीले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबारे सामाजिक सञ्जालमा फैलिएका सामग्री कपोलकल्पित र तथ्यहीन भएको दाबी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले लामिछानेमाथि अनुसन्धानको क्रममा कुनै दुर्व्यवहार नगरिएको र सम्पूर्ण प्रक्रिया कानुन बमोजिम नै गरिएको प्रष्टीकरण दिएको छ ।

लामिछानेलाई राति हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थ हुँदाहुँदै पोखरा लगेको, प्रहरी कर्मचारीले मादक पदार्थ सेवन गरेको लगायतका आरोपहरू झुठा र भ्रामक रहेको प्रहरीको दाबी छ । 

विज्ञप्तिमा प्रहरीले मानव अधिकारको उच्च सम्मान गर्दै कानुनी प्रक्रिया अपनाएको र लामिछानेलाई उनका आफन्त र शुभचिन्तकहरूसँग भेटघाटको अवसरसमेत प्रदान गरिएको जनाएको छ । साथै, अनुसन्धानलाई प्रभाव पार्ने झूटा विवरणहरू सार्वजनिक नगर्न र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

No description available.

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८१ २०:३३