close

दुर्गा प्रसाईं विरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, ७ वर्ष जेल सजाय माग

टेकपाना टेकपाना

मंसिर २६, २०८१ २१:४४

फाइल तस्वीर फाइल तस्वीर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ ।

३ मंसिरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब लगानी गरेको आरोप लगाएका थिए । तीनै सामग्री प्रसाईंले आफ्नो फेसबुक अकाउन्ट र पेजबाट पनि शेयर गरेका थिए । नक्कली कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले उनलाई ४ मङ्सिरमा साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको थियो ।

 

सरकारी वकिल कार्यालयले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय माग गरेको छ । 

प्रसाईँमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई प्रसाईंले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । व्यवसायीलाई धम्क्याएको आरोपमा सीआईबीले १४ मंसिरमा प्रसाईं निकट झापा मेचीनगर नगरपालिका-१३ आरचालीका ३६ वर्षीय हिचन्द्र फुयाललाई नियन्त्रणमा लिएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८१ ९:२१