close

पुस ७ भित्र डीन नियुक्त गर्न त्रिविलाई प्रधानमन्त्री ओलीको निर्देशन

टेकपाना टेकपाना

मंसिर २७, २०८१ १८:१

पुस ७ भित्र डीन नियुक्त गर्न त्रिविलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ पुसभित्र त्रिभुवन विश्वविद्यालयका रिक्त डीन र क्याम्पस प्रमुखको नियुक्ति गरिसक्न निर्देशन दिएका छन् । बिहीवार बसेको त्रिवि सिनेट बैठकको नीति अधिवेशनमा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

हाल छनोट समितिले त्रिवि परिषद्लाई नाम सिफारिस गरिसकेता पनि डीन र क्याम्पस प्रमुखहरूको ढिलाइ भइरहेको छ । यसले गर्दा  इन्जिनियरिङ अध्ययन संस्थानसहित ‍आठ‍ सङ्कायका डीन र १४ क्याम्पस नेतृत्वविहीन छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीबाट डीन नियुक्ति हुनुपर्ने र यसमा आफ्नो कुनै हस्तक्षेप नहुने बताए ।

प्राडा. शशीधरराम जोशीको कार्यकाल सकिएपछि गत २२ साउनयता आईओई निमित्तको भरमा सञ्चालन भइरहेको छ । तर डीन छनोट समितिले भने असोजमै ११ जना आवेदकमध्येबाट पाँच जनाको नाम शर्टलिस्ट गरेर त्रिवि परिषद्मा पठाएको छ । जसमा प्राडा. भोलानाथ शर्मा घिमिरे, प्राडा. लक्ष्मण पौडेल, प्राडा. संगीता सिंह, प्राडा. सुवर्ण शाक्य र प्राडा. सुशील बहादुर बज्राचार्य रहेका छन्  ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८१ ९:२४