काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अनौठो कमजोरी देखा परेको छ । बुधबार बिहानदेखि फेसबुक पेजका नयाँ पोस्ट नै देखिन छाडेका हुन् ।
यो समस्या नेपालका प्रयोगकर्तामाझ बढी देखिएको छ । यस विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले केही खुलाएका छैनन् । बुधबार बिहान यो समस्या केही सीमित पेजमा मात्र देखिएको थियो ।
बेलुका भने अधिकांश पेजमा रिसेन्ट पोस्ट नै देखिन छाडेको छ । यसको वास्तविक कारण भने बाहिर आइसकेको छैन । सामाजिक सञ्जाल अनुसन्धानकर्ताले यो समस्या सामान्य बगका कारण आएको हुनसक्ने अनुमान गरेका छन् ।