close

समयमै गन्तव्यमा पुग्न यसरी प्रयोग गर्नुहोस्  गुगल म्याप्स

टेकपाना टेकपाना

माघ ३०, २०८१ १६:६

समयमै गन्तव्यमा पुग्न यसरी प्रयोग गर्नुहोस्  गुगल म्याप्स

काठमाडौं । कुनै पनि ठाउँमा पुग्नुपर्ने छ भने तोकिएकै समयमा पुग्ने इच्छा सबैलाई हुन्छ । तर कहिलेकाहीँ जसरी पनि गन्तव्यसम्म पुग्न ढिलो नै हुनपुग्छ । अत्यधिक ट्राफिक जाम, सडक मर्मतजस्ता समस्याका कारण ढिलो हुने समस्या निम्तिन सक्छ । 

तर यस्ता समस्याबाट छुटकारा पाएर समयमा नै गन्तव्यमा पुग्न सक्ने उपाय पनि छन् । एउटा उपाय हो, गुगल म्याप्स । यो एपबाट तपाईँले ट्राफिक जाम‍का बारेमा थाहा पाउन सक्नुहुन्छ । यस्तै आफू जानुपर्ने स्थानलाई थ्रीडी म्यापमा पनि हेर्न सडकको बारेमा थप स्पष्ट रुपमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ । 

अझ यात्रालाई थप प्रभावकारी बनाउन लागि तपाईँ कुन समयमा गन्तव्यमा पुग्नुपर्ने हो, त्यसलाई  गुगल म्याप्समार्फत ट्रयाक गर्न सक्नुहुन्छ । यसले तपाईं कुन समयमा गन्तव्यका लागि निस्किनुपर्छ भनेर हिसाब गर्छ । जसले तपाईँलाई यात्राका क्रममा हतार गर्नुभन्दा पनि आराम गर्न सहयोग पुर्‍याउँछ । यात्राका क्रममा ढिला नहुन गुगल म्याप्सको यसरी प्रयोग गर्नुहोस्:

१. सबैभन्दा पहिले गन्तव्य छनोट गर्नुहोस् 

सबैभन्दा पहिले आफु छुट्ने स्थान र पुग्नुपर्ने गन्तव्य राख्नुहोस् । त्यसपछि डिरेक्सनको अप्सनमा क्लिक गर्नुहोस् ।

२. मेन्यु सेलेक्ट गर्नुहोस्

गुगल म्याप्समा “Your location” लेखेको भन्दा दायाँतिर तीन ओटा डट देखिन्छ । त्यहाँ क्लिक गरेर “Set depart or arrive time” लाई छनोट गर्नुहोस् । 

३.पुग्नुपर्ने समय सेट गर्नुहोस्

अब ‘Arrive’ मा थिच्नुहोस् । त्यहाँ तपाईँ गन्तव्यमा पुग्नुपर्ने समय सेट गर्नुहोस् । त्यसपछि ‘Done’ मा थिच्नुहोस् ।  

४. गन्तव्यमा लाग्ने समय हेर्नुहोस् 

तपाईँले सेट गर्नुभएको गन्तव्यमा पुग्नुपर्ने समयअनुसार गुगलले कुन रुटको प्रयोग गर्न सकिन्छ भनेर हिसाब गर्छ । यसले त्यस समयमा सडकमा ट्राफिक कत्तिको रहन्छ र सडक मर्मतको अवस्था हेरेर कति समय लाग्छ भन्ने निर्धारण गर्छ । त्यसपछि तपाई कुन समयमा निस्किँदा ठीक हुन्छ पनि देखाउँछ । 

५. रिमाइन्डर सेट गर्नुहोस्

तपाईँ तत्कालै गन्तव्यका लागि निस्किने हो भने स्टार्टमा क्लिक गरेर यात्रा सुरु गर्न सक्नुहुन्छ । यदी केही समयपछि यात्रा गर्दै हुनुहुन्छ भने रिमाइन्डर सेट गर्न सक्नुहुन्छ । यसका लागि फेरि तीन ओटा डट भएको मेन्युमा जानुहोस् । त्यहाँ छुट्ने समय राख्नुहोस् । यसो गर्दा तपाईँ निस्किनुपर्ने समयमा गुगल म्याप्सले तपाईँलाई यात्राका लागि निस्किन सम्झाउँछ । जसकारण तपाईँ समयमा नै गन्तव्यमा पुग्न सक्नुहुन्छ । 
 

 

पछिल्लो अध्यावधिक: माघ ३०, २०८१ १६:१२