close

दशरथ रङ्गशालामा ईस्पोर्ट्स च्याम्पियनसिप, ६ खेलमा प्रतिस्पर्धा चल्दै

टेकपाना टेकपाना

फागुन ९, २०८१ १४:२२

दशरथ रङ्गशालामा ईस्पोर्ट्स च्याम्पियनसिप, ६ खेलमा प्रतिस्पर्धा चल्दै

काठमाडौं । दशरथ रङ्गशालास्थगित कभर्ड हलमा बिहीबारदेखि राष्ट्रिय ईस्पोर्ट्स च्याम्पियनसिप सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोर्ट्स खेलाडीहरूले विभिन्न ६ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा ई-फुटबल, पब्जी, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, डोटा टु र भ्यालोरेन्ट लगायतका खेल समावेश छन् । ई-फुटबलमा आठ टिम, पब्जीमा १६ टिम, मोबाइल लेजेन्ड्समा दुई टिम तथा डोटा टु र भ्यालोरेन्टमा चार-चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

ई-स्पोर्ट्स संघ नेपाल (ईशान) ले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशि २५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न साङ्गितिक प्रस्तुति राखिएको छ । 

पहिलो दिन कबवेव, एसट्री ट्रायो र ग्रन्चिजले प्रस्तुति दिएका थिए भने आज वाङ्देन शेर्पा, रक हेड र द एलिमेन्टस्‌ र भोलि कुमा सागर एन्ड द ख्वप:, भेक, यावेश एन्ड दोङ र पहेँलो बत्ती मुनीको साङ्गितिक प्रस्तुति रहनेछ । 

यसैबीच सामसङले गेमिङ प्रविधिलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले यस प्रतियोगितामा‍ सहकार्य गरेको छ । प्रतियोगितामा खेलाडीहरूले सामसङको पछिल्लो फ्ल्यागशिप मोडेल ग्यालेक्सी एस२५ अल्ट्रा स्मार्टफोनमा प्रतिस्पर्धा गर्नेछन् । ई-फुटबलको फाइनल खेल पनि यही फोनमा खेलाइने भएको छ । 

दर्शकहरुका लागि कम्पनीले सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध गराएको छ । यहाँ दर्शकहरूले सामसङका पछिल्ला डिभाइस विशेषगरी ग्यालेक्सी एस२५ सिरिजलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।



 

पछिल्लो अध्यावधिक: फागुन ९, २०८१ १४:२२