close

यूएसएसडी भुक्तानी कारोबारको सीमा तोकियो

टेकपाना टेकपाना

फागुन २३, २०८१ १२:५८

यूएसएसडी भुक्तानी कारोबारको सीमा तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले यूएसएसडी प्रणालीमा आधारित भुक्तानी कारोबारको अधिकतम सीमा निर्धारण गरेको छ ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै राष्ट्र बैंकले यूएसएसडी (यूएसएसडी) प्रणालीमार्फत हुने भुक्तानी कारोबारको दैनिक अधिकतम सीमा रु. १०,००० र प्रति कारोबार अधिकतम रु. ५,००० तोकेको हो । 

इन्टरनेटबिना नै मोबाइलमार्फत हुने यस्तो कारोबारलाई केही सीमित भुक्तानी सेवा प्रदायक संस्थाहरूले प्रदान गर्दै आएका छन् । तर, यसको नियमन आवश्यक देखिएकाले स्पष्ट रूपमा सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट अनुमतिप्राप्त संस्थाले एप वा वेब एप्लिकेसनमा आधारित प्रणालीभन्दा कम प्राविधिक सुरक्षाको मापदण्डमा आधारित यूएसएसडी, एसएमएस लगायतका प्रणालीहरूको प्रयोगमार्फत हुने कारोबारको हकमा निरन्तर तथा सूक्ष्म कारोबार/गतिविधि अनुगमनका लागि थप प्राविधिक व्यवस्था मिलाउनुपर्ने पनि उल्लेख छ ।

पछिल्लो अध्यावधिक: फागुन २३, २०८१ १६:३५