काठमाडौं । नेपाली बजारमा जेडटीई (ZTE) स्मार्टफोनको नयाँ सिरिज सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि जेडटीईको आधिकारिक वितरक शंकर ग्रुपले विभिन्न पाँच मोडेल सार्वजनिक गरेको हो ।
यस अन्तर्गत कम्पनीले ब्लेड र नुबिया सिरिज बजारमा ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा नेपाली प्रयोगकर्तालाई स्तरीय फिचर र पर्फमेन्स भएका फोन अनुभव गराउने उद्देश्यले यी फोन ल्याएको जनाएको छ । नयाँ सिरिजमा शक्तिशाली प्रोसेसर, उत्कृष्ट क्यामेरा र टिकाउ ब्याट्री रहेको कम्पनीको दाबी छ ।
कम्पनीले ब्लेड ए ७५ (Blade A75), ब्लेड ए ३५ई (Blade A35e), ब्लेड ए ५५ (Blade A55), नुबिया भी७० म्याक्स (nubia V70 Max) र नुबिया भी७० डिजाइन (nubia V70 Design) गरी पाँच नयाँ स्मार्टफोन सार्वजनिक गरको हो ।
“हामी जेडटीईलाई नेपालमा पुन: ल्याउन पाउँदा उत्साहित छौं । हामी नेपाली ग्राहकलाई उत्कृष्ट स्मार्टफोनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं,” शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाटियाले भने । कम्पनीले यी स्मार्टफोनलाई प्रतिस्पर्धी मूल्यमा बजारमा उपलब्ध गराउने बताएको छ ।
यस्तो छ जेडटीईका नयाँ स्मार्टफोनको मूल्य र स्टोरेज क्षमताः