close

जेडटीई, नुबिया र रेडम्याजिकको नेपाल बिजनेस हेड बने शंकर मैनाली

टेकपाना टेकपाना

असार २५, २०८२ १३:२८

जेडटीई, नुबिया र रेडम्याजिकको नेपाल बिजनेस हेड बने शंकर मैनाली

काठमाडौँ । शंकर मैनाली जेडटीई, नुबिया र रेडम्याजिकका लागि नेपालको बिजनेस हेडमा नियुक्त भएका छन् । नेपाली मोबाइल बजारमा आफ्नो उपस्थिति बलियो बनाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ कम्पनीले उनलाई नियुक्त गरेको हो ।

मैनालीको यस नियुक्तिसँगै कम्पनीले आगामी एक वर्षभित्र नेपालमा मोबाइल ब्रान्डलाई शीर्ष ३-४ मा पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ ।जेडटीई कम्पनीबाट यी तीन ब्रान्डको समग्र व्यापारिक गतिविधि सम्हाल्नका लागि विशेष रूपमा नियुक्त मैनाली पहिलो व्यक्ति भएको उल्लेख छ ।

नेपाली मोबाइल उद्योगमा १२ वर्षभन्दा लामो अनुभव भएका मैनालीले यसअघि विभिन्न ब्रान्डहरूसँग काम गरिसकेका छन् । यस अवधिमा उनले बजार विकास, रणनीतिक योजना र डिलर नेटवर्क निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

विश्व बजारमा जेडटीईको बलियो उपस्थिति रहेको छ । यो ब्रान्ड १६० भन्दा बढी देशहरूमा बिक्री भइरहेको छ । दक्षिण एसियाली बजारहरूमा जेडटीई, नुबिया र रेडम्याजिकले उल्लेखनीय प्रगति गरिरहेका छन् । श्रीलङ्कामा जेडटीई मोबाइल हाल दोस्रो स्थानमा रहेको छ भने थाइल्याण्ड, फिलिपिन्स, पाकिस्तान लगायतका देशहरूमा पनि यसको व्यापार उल्लेखनीय रहेको उल्लेख छ ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:१२