काठमाडौं । नियो स्टोरले डेल ब्रान्डका ल्यापटपमा करिब ६५ प्रतिशतसम्म छुट दिने भएको छ । वर्ष २०८१ को अन्तिम अफरको रूपमा नियो स्टोरले आकर्षक छुट अफर ल्याएको हो ।
नियो स्टोरले उपलब्ध गराएको पछिल्लो मूल्य सूची अनुसार ग्राहकले डेल जी थ्री ल्यापटपमा सबैभन्दा बढी छुट प्राप्त गर्न सक्नेछन् । एक लाख ९९ हजार ९०० रुपैयाँ बजार मूल्य रहेको यो ल्यापटपमा एक लाख २९ हजार ९०० रुपैयाँ छुटसहित ७० हजार रुपैयाँमै खरिद गर्न सकिनेछ । १५ इन्च डिस्प्ले रहेको यो आई ७ ल्यापटपमा १६ जीबी र्याम, ५१२ जीबी स्टोरेज, एनभिदिया-६ जीबी ग्राफिक्स कार्ड रहेको छ ।
त्यस्तै दुई लाख १५ हजार ९०० रुपैयाँ पर्ने डेल जी फाइभ ५५०० आई सेभेन ल्यापटपमा एक लाख ३५ हजार ९०० रुपैयाँ छुट दिइएको छ । यो ल्यापटप ग्राहकले केवल ८० हजार रुपैयाँमै पाउन सक्ने बताइएको छ । यसमा ८ जीबी र्याम, ५१२ जीबी स्टोरेज, एनभिदिया-६ जीबी ग्राफिक्स आदि विशेषता रहेका छन् ।
डेलको अर्को धेरै छुटमा उपलब्ध ल्यापटप हो इन्स्पिरन जी१५ ५५२० आई सेभेन । दुई लाख ५१ हजार मूल्य रहेको यो ल्यापटप अफर अन्तर्गत ग्राहकले एक लाख ५ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । यसमा एक लाख ४६ हजार रुपैयाँ छुट दिइएको छ । यो ल्यापटपमा १६ जीबी र्याम, ५१२ जीबी एसएसडी, ६ जीबीको एनभिदिया आरटीएक्स ३०६० जीडीडीआर ६ ग्राफिक्स आदि विशेषता छन् ।
त्यस्तै इन्स्पिरन जी५ आई सेभेन ल्यापटपमा ५५.४१ प्रतिशतको छुट उपलब्ध छ । दुई लाख ३ हजार ९०० रुपैयाँ पर्ने यो ल्यापटप एक लाख ८ हजार ९०० रुपैयाँ छुटसहित ९५ हजार रुपैयाँमै किन्न सकिने नियोले जनाएको छ । यो ल्यापटपमा ८ जीबी र्याम, ५१२ जीबी एसएसडी, एनभिदियाको ४ जीबी आरटीएक्स ३०५० जीडीडीआर६ ग्राफिक्स आदि रहेका छन् ।
यति मात्र होइन, अन्य मोडेलका डेल ल्यापटपसँगै डेलको प्रोजेक्टरमा समेत नियो स्टोरले भारी छुट उपलब्ध गराउने घोषणा गरेको छ । जसअनुसार ९१ हजार ९०० रुपैयाँ पर्ने डेल प्रोजेक्टर १५१०एक्स ६७.३६ प्रतिशत छुट सहित केवल ३० हजार रुपैयाँमै किन्न सकिनेछ ।
साथै अन्य विभिन्न ब्रान्डका ल्यापटपहरूमा दुई वर्षसम्मको ग्यारेन्टी र एक वर्षको बीमा सुविधा पनि पाइनेछ भने शून्य प्रतिशत ब्याजदरको किस्तामा ल्यापटपहरू खरिद गर्न पनि सकिनेछ । नियो स्टोरमा उपलब्ध डेल ल्यापटप तथा प्रोजेक्टरको मूल्य र उपलब्ध छुटको विषयमा विस्तृत जानकारी तपाईँले तलको तालिकामा समेत हेर्न सक्नु हुनेछ ।
यहाँ क्लिक गरेर नियोस्टोरको वेबसाइट तथा नजिकैको नियो स्टोरमा गएर यो छुट अफरमा तपाईँले नयाँ ल्यापटप खरिद गर्न सक्नु हुनेछ ।
प्रोडक्ट
मूल्य
छुटपछिको मूल्य
DELL G3 15 I7/ 16GB/ 512GB/ NVIDIA-6GB/ BLACK (G3 15-I7-10750H-16-512-W10-D)