close

एआईबाट यस्तै चित्र नि:शुल्क कसरी बनाउने ?

टेकपाना टेकपाना

चैत १६, २०८१ १२:४६

एआईबाट यस्तै चित्र नि:शुल्क कसरी बनाउने ?

काठमाडौं । एआईले तयार पारेका डिजिटल आर्टले पछिल्लो समय सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । खासगरी यसले पौराणिक एनिमेसन स्टुडियो घिब्ली शैली (Ghibli Style) को झल्को दिने आर्ट बनाउन थालेपछि अहिले ती फोटोले चर्चा पाइरहेका छन् ।

च्याटजपीटीको पछिल्लो अपडेटले प्रयोगकर्तालाई सामान्य प्रम्प्टको भरमा स्तरीय सिनेम्याटिक आर्ट बनाउन मद्दत गरेको छ । यसलाई रचनात्मक तरिकाले प्रयोग गरेर तपाईंले आफ्नो कामलाई झनै स्तरीय बनाउन सक्नुहुन्छ । ​

च्याटजीपीटीबाट कसरी बनाउने एआई-जेनेरेटेड इमेज ?

ओपनएआईको च्याटजीपीटीमा अब बिल्ट-इन इमेज जेनेरेटर छ । यसले प्रयोगकर्तालाई स्तरीय एआई जेनेरेटेड इमेज बनाउन मद्दत गर्छ । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा पाइरहेका यी तस्बिरलाई घिब्ली-शैली कलाकृति भन्ने गरिन्छ । तपाईंले यी तरिका अपनाएर त्यस्तै तस्बिर बनाउन सक्नुहुन्छ । 

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर च्याटजीपीटी खोल्नुहोस् । र, आफ्नो अकाउन्ट प्रयोग गरी लगइन गर्नुहोस् । (यदि पहिले नै लगइन छ भने तपाईंको सोझै दोस्रो पाइन्टबाट सुरु गर्नुहोला ।)

  • त्यसपछि न्यु च्याटको बटन ट्याप गरेर नयाँ कन्भरसेसनको बक्स खोल्नुहोस् । 

  • त्यसपछि ‘Create a dreamy Studio Ghibli-style landscape with lush green hills and a sunset sky.’ जस्तो प्रम्ट राखेर इन्टर थिच्नुहोस् । 

  • यति गरेपछि च्याटजीपीटीले तपाईंको प्रम्प्ट अनुसारको तस्बिर तयार पारिदिन्छ । 

आफ्नै फोटोलाई घिब्ली स्टाइलको फोटो कसरी बनाउने ?

यदि तपाईं च्याटजीपीटीको प्लस, प्रो वा टिम प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले सहजै च्याटजीपीटीमा आफ्नो फोटो अपलोड गर्नुहोस् । र, प्रम्प्टमा “Turn this image into Ghibli-Style” टाइप गर्नुहोस् । अनि इन्टर थिच्नुभयो भने च्याटजीपीटीले तपाईंको फोटोलाई डिजिटल आर्टमा रुपान्तरण गरिदिन्छ । 

ओपनएआईका सीईओ साम अल्टम्यानका अनुसार निःशुल्क प्रयोगकर्ताका लागि भने यो फिचर उपलब्ध हुन केही समय लाग्छ । तर, कहिले उपलब्ध हुन्छ भन्ने निश्चित छैन । 

यदि तपाईं निःशुल्क आफ्नै फोटोको डिजिटल आर्ट बनाउन चाहनु हुन्छ भने ग्रोक एआई तपाईंका लागि उपयुक्त हुन सक्छ । त्यसका लागि सबैभन्दा पहिले एक्स (पहिलेको ट्वीटर) वा ग्रोक एआईको वेबसाइटमा जानुहोस् । अनि फोटो अपलोड गरेर त्यसलाई डिजिटल आर्ट, कार्टुन स्टाइल, पेन्सिल स्केच आदि बनाउ भन्दै प्रम्प्ट दिनुहोस् । तपाईंको प्रम्प्टको आधारमा ग्रोकले तपाईंले चाहेको जस्तो तस्बिर बनाउने प्रयास गर्छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८१ २२:५५