टेकपाना
बैशाख ७, २०८२ १६:४
काठमाडौँ । नबिल बैंकको डिजिटल सेवा एनबैंकमा समस्या आएको छ । एनबैंकको मोबाइल एप तथा वेब दुवै प्लेटफर्ममा लगइन नहुने समस्या देखापरेको हो ।
लगइन गर्न समय लाग्ने तथा कारोबार गर्दा लोडिङ समय बढी हुने समस्या देखिएको बैंकले जनाएको छ ।
आफ्नो फेसबुक पेजमा एक सूचना जारी गर्दै बैंकले एनबैंकमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १६:८