काठमाडौँ । नेपालको अटोमोबाइल बजारमा पछिल्लो समय विद्युतीय सवारी साधनहरूप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । यही मागलाई सम्बोधन गर्न विभिन्न वितरक कम्पनीहरूले नेपाली बजारमा नयाँ–नयाँ ईभी मोडेलहरू सार्वजनिक गरिरहेका छन् । लग्जरीदेखि बजेट सेग्मेन्टसम्मका यी विद्युतीय गाडीबिच अत्याधुनिक प्रविधि, उच्च सुरक्षा विशेषता, लामो रेन्ज र स्मार्ट फिचरहरूमा प्रतिस्पर्धा छ । पानारोमिक सनरुफ, एडभान्स ड्राइभिङ असिस्ट सिस्टम, फास्ट चार्जिङ, मल्टिजोन क्लाइमेट कन्ट्रोल, स्मार्ट इनफोटेन्मेन्ट सिस्टमजस्ता सुविधा बोकेर आएका यी गाडीहरूले नेपाली उपभोक्तालाई ईभीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएका छन् । पछिल्लो एक वर्षमा अर्थात् २०८१ सालमा सार्वजनिक भएका ईभीहरूको सूची मूल्य, रेन्ज, ब्याट्री क्षमता, मोटर पावर, विशेष फिचर लगायत अन्य विवरणसहितको जानकारी यहाँ उल्लेख छ ।
जिकर एक्स
नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटो कर्पले जिकर एक्सका दुई भेरियन्ट नेपाल भित्र्याएको हो । जिकर चीनको जिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो ।
भेरियन्टः अल ह्विल ड्राइभ र स्ट्यान्डर्ड रिअर ह्विल
नाडा अटो शो २०२४ प्रदर्शन गरिएको दिपल एल ०७ चिनियाँ कम्पनी चाङ्गनको उत्पादन हो । नेपालमा चाङ्गनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो गाडी भित्र्याएको हो ।
मूल्यः ६९ लाख ९९ हजार रुपैयाँ
प्रकारः सेडान
ब्याट्रीः ६८ किलोवाट टर्नरी लिथियम (एनएमसी-NMC)
चार्जिङ समयः डीसी चार्जरमार्फत ३५ मिनेटमा ८० प्रतिशत
रेन्जः ५४० किलोमिटर एनईडीसी र ४८५ किलोमिटर डब्लुएलटीपी
अन्य फिचरः भ्वाइस असिस्टेड इलेक्ट्रिक सनरुफ, चार्जिङ पोर्ट, ३६० डिग्री एचडी क्यामेरा , स्पिड कन्ट्रोल सिस्टम, मल्टी इन्फरमेसन डिस्प्ले, स्मार्ट डिजिटल ह्विल स्टेरिङ, एलईडी प्रोजेक्टर हेडल्याम्प र स्मार्टवाचबाटै कन्ट्रोल गर्न सकिने वायरलेस एन्ड्रोइड एन्ड एप्पल कारप्ले सिस्टम आदि ।
केई एक्स-३ प्रो
नेपाली बजारमा केई मोटर्सको इलेक्ट्रिक एसयूभी ‘एक्स-३ प्रो’ केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्रालिले नेपाल भित्र्याएको हो ।
भेरियन्टः डिलक्स र फ्ल्यागशिप
मूल्यः ४३ लाख ९६ हजार रुपैयाँ (डिलक्स) । ४८ लाख ९६ हजार रुपैयाँ (फ्ल्यागशिप)
ब्याट्रीः ५३.६ किलोवाट (लिथियम आयन फस्फेट)
चार्जिङ समय (एसी): आठ घण्टा
रेन्जः ३७० किलोमिटर (डब्लूएलटीपी)
मोटरः १२० किलोवाट
ग्राउन्ड क्लियरेन्सः १८३ एमएम
ह्विलबेसः २६३२ एमएम
अन्य फिचरः फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्सनफ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन आदि ।
आयोन वाई ईभी
नेपाली बजारमा चिनियाँ ईभी ब्राण्ड 'आयोन' जीएसी मोटर्सको यस ब्राण्डलाई चौधरी ग्रुपले नेपाली बजारमा ल्याएको हो । यसै अनुरूप आयोन वाई ईभी पनि नेपाली बजारमा आएको हो ।
लक्जरी ब्रान्ड बीएमडब्लूको नेपालस्थित आधिकारिक आयातकर्ता एवं डिलर लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लू आई एक्स वन ( BMW iX1) अन्तर्गतकाे भेरियन्ट बीएमडब्लू आई एक्स वन ईड्राइभ २० ( BMW iX1 eDrive20) नेपाल भित्र्याएको हो ।
अन्य फिचरः पर्याप्त लेग र हेडरूम १२.८ इन्चको रोटेसनल इन्फोटेनमेन्ट स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिजोन क्लाइमेट कन्ट्रोल, एम्बियेन्ट लाइटिङ र पानोरामिक सनरुफ आदि ।