काठमाडौँ । एनसेलले आफ्ना प्रिपेड प्रयोगकर्ताका लागि तीन नयाँ साप्ताहिक रिन्युअल प्याक सार्वजनिक गरेको छ । सुलभ सञ्चार सेवाको माग बढिरहेको अवस्थामा भ्वाइस, डेटा र एसएमएस सेवाको समायोजनसहित बजेटमैत्री प्याक ल्याएको कम्पनीले जनाएको छ ।
आजदेखि लागु भएका प्याकमध्ये ‘अल नेपाल कल भ्वाइस प्याक’ अन्तर्गत एनसेल वा नेपाल टेलिकमका नम्बरमा सात दिनसम्म अनलिमिटेड कल गर्न सकिनेछ । यसको मूल्य करसहित रु. ९९ छ ।
त्यस्तै, रु. ९९ मै उपलब्ध ‘सधैं अन प्याक’ मा सात दिनका लागि २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ एसएमएस समावेश छ । केवल डेटामात्र प्रयोग गर्न चाहने ग्राहकका लागि रु. १५० मा सात दिनसम्म १० जीबीको हाई-स्पीड डेटा प्याक पनि उपलब्ध गराइएको छ ।
रिन्यूअलको बेला आवश्यक रकम मेन ब्यालेन्समा उपलब्ध हुनुपर्ने छ । यी सबै प्याक हरेक सात दिनमा स्वतः रिन्यु हुने भएकाले ग्राहकलाई बारम्बार प्याक लिनुपर्ने झन्झटबाट छुट हुने एनसेलको भनाइ छ ।
प्याक खरिद गर्न *१२३*९# डायल वा एनसेल एप प्रयोग गर्नुपर्ने छ ।